© २०२३
बुटवल। नेपाली कांग्रेसले गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा चन्द्र भण्डारी र निर्वाचन क्षेत्र नम्बर २ मा भुवन श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेस स्रोतका अनुसार ७ बजेभित्रै उनीहरुसहित अरु उम्मेदवारको समेत कांग्रेसले टुंगो लगाएको औपचारिक जानकारी दिने छ। जारी बैठकमा भण्डारी र श्रेष्ठको टिकटको टुंगो लागेको श्रोतले जनाएको छ।
गुल्मी क्षेत्र नम्बर-१ समितिको बैठकले नेता चन्द्र भण्डारी, युवराज कंडेल, चन्द्र केसी र पारिश्वर ढकालको नाम सिफारिस गरेको थियो। कांग्रेस गुल्मी क्षेत्र नम्बर-२ बाट भुवनप्रसाद श्रेष्ठ, चन्द्र केसी, त्रैलोक्यप्रताप सेन र डा. दामोदर भुसाललगायतको नाम सिफारिस भएको थियो।
गुल्मीमा एमालेले क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्ण बिष्टलाई टिकट दिएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टीले गुल्मी १ मा सुर्दशन बराल र गुल्मी २ मा श्रीराम महतलाई उम्मेदवार बनाएको छ।