Butwal Today

रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप

४ माघ २०८२, आइतबार
अ+
अ-

बुटवल। नेपाली कम्युनिष्ट पार्टीले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट सुवास पाण्डे (विश्वदीप)लाई उम्मेदवार बनाएको छ। उनले रुपन्देही २ बाट निर्वाचन लड्ने गरी टिकट पाएको पुष्टि गरे। ‘मैले रुपन्देही २ बाट प्रतिनिधि सभाका लागि टिकट पाएको छु, उनले बुटवल टुडेसँग भने। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वदीपलाई टिकटसमेत हस्तान्तरण गरिसकेका छन्।

उनी नेकपा माओवादीका पूराना नेता भक्ति पाण्डेका छोरा हुन्। लामो समयसम्म भूमिगत रहेका उनी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइको स्वकीय सचिवका रुपमा लामो समयसम्म भूमिका निर्वाह गरेका थिए।

प्रचण्ड प्रधानमन्त्री हुँदा विश्वदीप युवा तथा सामाजिक विकास विज्ञ रहेर काम गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?