© २०२३
काठमाडौं- कांग्रेसको आधिकारिकताका लागि नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह आइतबार सर्वोच्च अदालत जाने भएको छ ।
आज सानेपामा बसेको बैठकपछि नेता प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णयविरुद्ध भोलि (आइतबार) सर्वाेच्च अदालत जाने बताए । ‘भोलि हामी यसको खिलाफमा सर्वोच्च अदालतमा जान्छौँ, तपाईंहरूलाई थाहा छँदै छ निर्वाचन आयोगले हामीलाई बोलाउँदा पनि नबोलाइकन हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता पनि उहाँहरूले पूरा गर्नु भएन । यो नजिर हाम्रो विधान र निर्वाचनसम्बन्धी व्यवस्थाको पालना नगरेको ठहर छ’, महतले भने, ‘यो अन्यापूर्ण र दूषित मनसायपूर्ण निर्णय भएको हुनाले सर्वोच्च अदालत नै हाम्रो सुनवाइ गर्ने ठाउँ हो । त्यस हुनाले सर्वाेच्च अदालतमा यसमा जान्छौँ ।’
उनले अहिले कानुनी लडाइँ लड्ने र राजनीतिक लडाइँबारे पछि निर्णय गर्ने जानकारी दिए । बैठकको निर्णय सुनाउँदै महतले भने, ‘निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रूपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ ।’