Butwal Today

एमाले लुम्बिनी प्रदेश इन्चार्जमा पद्मा अर्याल, १२ जिल्लामा तोकिए इन्चार्ज

२३ पुष २०८२, बुधबार
अ+
अ-

बुटवल। नेकपा एमालेले ११ औँ महाधिवेशनपछि लुम्बिनी प्रदेश र प्रदेशका १२ जिल्लामा इन्चार्ज तोकेको छ। लुम्बिनी प्रदेश इन्चार्जमा यसअघि पनि सचिव पद्मा अर्याल थिइन् अहिले पनि उनैले जिम्मेवारी पाएकी छन् ।

जिल्ला इन्चार्जहरुमा रुपन्देहीमा खिमलाल भट्टराई, प्यूठानमा सूर्य थापा, दाङमा नरुलाल चौधरी, बाँकेमा शान्तिदेवी ढकाल, नवलपरासीमा सरिता भुसाल (खनाल), कपिलवस्तुमा बलराम अधिकारी, अर्घाखाँचीमा बोमबहादुर किश्वकर्मा, गुल्मीमा जंगबहादुर नेपाली, रुकुमपूर्वमा खेममान खड्का, रोल्पामा गोकुल घर्ती, बर्दियामा खडकबहादुर खडका, पाल्पामा ठाकुर गैरे तोकिएका छन्।