ट्रेंडिंग:

>> लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा २१८ प्रहरी जवान दीक्षित >> बालेन, रवि र कुलमानको पार्टी एकताको लागि आजै हस्ताक्षर हुने तयारी >> विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्नुपर्छ : कांग्रेस नेता तिवारी >> प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा हुने >> फागुन २१ प्रतिनिधिसभा निर्वाचन : प्रचण्ड कहाँ–कहाँबाट भए उम्मेदवार सिफारिस ? >> परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनीयताको शपथ >> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय >> त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित >> रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने >> रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला >> स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन >> बालेनसँगको भेटपश्चात् रवि लामिछानेको प्रतिप्रश्न : मेरो अनुहारले के भन्छ ? >> भारतको कर्नाटकमा बस दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु >> रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी >> प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनको तयारी : प्रधानमन्त्री >> सरकारले वातावरण बनाए निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली >> भित्र रवि र बालेन छलफलमा, बाहिर सुदन गुरुङले गेटमा लगाए ताला >> लगातार ३ दिन उच्च कीर्तिमान बनाएको सुनको भाउमा आज सामान्य गिरावट >> २० वर्षीया महिला बुटवलबाट सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपिल >> कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम >> विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ >> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण

चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय

११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

देशभरका अधिकांश स्थानमा मौसममा आएको फेरबदलसंगै चिसो बढेको छ । तराई तथा मधेशको एरियामा बिहान बेलुकाको हुस्सुको कारणले चिसो अति नै बढेको छ । चिसोको कारणले मानिसहरूमा धेरै स्वास्थ्य समस्याहरू देखापर्दछन् ।

जाडोमा अन्य मौसममा भन्दा बालबालिका र बृद्धबृद्धाहरू र दिर्घ रोगीहरूलाई बढी मात्रामा स्वास्थ्य समस्या हुने गर्दछ । त्यसकारण अहिलेको समयलाई बढी मात्रमा सावधानी सहित ध्यान दिएर आफ्नो दैनिकी चलाउनु बुद्धिमानी मानिन्छ ।

चिसो मौसम र समस्याहरूः

१. रुघाखोकीः चिसो मौसममा शरीरमा भाईरस बढी सक्रिय हुने भएकाले रुघाखोकी लाग्ने सम्भावना बढी हुन्छ । यस्तोमा रुघाखोकी सहित एलर्जी पनि हुन सक्दछ ।

जोगिने उपायः रुघाखोकीबाट बच्न चिसोबाट बच्नु नै सबैभन्दा ठूलो उपाय हो । बाहिर निस्कँदा माक्स लगाएर निस्कनुपर्दछ । साधारण रुघाखोकी भएमा घरमै उपचार गर्न सकिन्छ । तर, नाकबाट पहेंलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीमा समस्या देखिने वाकवाकी समेत समस्या भएमा निकै साबधानी अपनाउनु पर्दछ । चिसो मौसममा बालबालिका र बृद्धबृद्धालाई बढी मात्रामा ध्यान दिनुपर्दछ ।

२. श्वासप्रश्वासः चिसो बढेसंगै कतिपय मानिसहरूमा श्वास प्रश्वास सम्बन्धि रोग लाग्ने गर्दछ । यसको सबैभन्दा छिटो प्रभाव बिरामी बृद्धबृद्धा, साना साना बालबालिका तथा सुत्केरी महिलामा पर्न जान्छ । श्वास प्रश्वास सम्बन्धि रोग लाग्नुको प्रमुख कारण प्रदुषण, धुम्रपानसंगै चिसो मुख्य कारण हो । श्वासप्रश्वास सम्बन्धि रोगहरूमा दम, ब्रोङकाईटिस र निमोनिया लगायतका समस्या हुन सक्दछ ।

जेगिने उपायः श्वासप्रस्वास सम्बन्धि रोगहरूबाट बच्न सम्भव भएसम्म धुलो धुवाँ तथा प्रदुषणबाट टाढा बस्नु पर्दछ । बाहिर निस्कँदा अनिबार्य माक्सको प्रयोग गर्नुपर्दछ । धुम्रपान, चुलोको धुवाँ तथा प्रदुषणबाट अनिवार्य बच्नुपर्दछ ।

३. हाईपोथर्मीयाः शरीरमा तापक्रमको मात्रा कमी हुनुलाई हाईपोथर्मीया भनिन्छ । यो समस्या आउँदा जिउ काम्ने, दिमाग सुस्त हुने, मानिसको समबेदना कम हुने गर्दछ । हाईपोथर्मीयाको मात्रा बढे मानिस बेहोस हुने र बेहोसमै अस्वभाविक व्यवहार देखाउने गर्दछन् । यदि हाईपोथर्मीया बढेमा मुटुको धडकन नै रोकिने र बिरामीको ज्यानै जान सक्नेसम्म हुनपनि सक्दछ ।

जोगिने उपायः हाईपोथर्मीया हुँदा सामान्यभन्दा बढी न्यानो लुगा लगाउनु पर्दछ । सकेसम्म तत्काल न्यानो स्थानमा बस्ने र शरिरलाई तातो बनाउनु पर्दछ । समस्या बढेमा अस्पताल जानुपर्दछ ।

४. फ्लुः एन्फ्लुएन्जा भाईरसबाट लाग्ने सरुवा रोगलाई फ्लु भनिन्छ । बिशेषत मनसुनको कारण मौसम वा जाडो महिनाको सुरुवातमा मौसमी फ्लु हुने गर्दछ । संक्रमित ब्यक्तिले खोक्दा हाच्छ्युँ गर्दा अर्को ब्यक्तिमा फ्लुको संक्रमण सर्ने गर्दछ ।

जोगिने उपायः फ्लुबाट बच्न सकेसम्म सार्बजनिक स्थलमा नजानु नै महत्वपूर्ण पक्ष हुन्छ । संक्रमित ब्यक्तिसंग नजिक नहुने र बाहिरबाट आएपछि साबुनपानीले राम्ररी हातखुट्टा, मुख धुने गर्नुपर्दछ । संक्रमित ब्यक्तिले हाछ्यँु गर्र्दा मुख छोपेर मात्र गर्नुपर्दछ । फ्लुको शंका लागेमा तत्काल स्वास्थ्य परिक्षण गराउनु पर्दछ ।

५.हिउँले खानुः जाडो मौसममा हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा हिउँ पर्दछ । यस्तोमा त्यस भागमा रहने वा बाहिरबाट घुम्न जानेहरूलाई हिउँले खाने समस्या हुन सक्दछ । लामो समयसम्म हिउँ वा चिसो पानीको सम्पर्कमा रहे पनि यो समस्या हुन सक्दछ ।

जोगिने उपायः हिउँले खाने समस्याबाट बच्न शरिरको कुनैपनि अंगलाई हिउँ वा चिसो पानी नछुनु नै पहिलो उपचार हो । बिशेषगरी हातखुट्टा, औंलाहरू, अनुहार, नाक कान आदीलाई चिसोबाट बचाउनु पर्दछ । असावधानीका कारण हिउँले धेरै खाएको भए त्यस भागलाई शल्यक्रिया गरी फाल्नुपर्ने अवस्थापनि आउन सक्दछ ।

६. हृदयघात र मुटुरोगः चिसो मौसममा देखापर्न सक्ने अर्को जटिल समस्या भनेको हृदयघात र मुटु र।ेग हो । मुटुमा रक्त प्रबाह अचानक बन्द भएमा हृदयघात हुने गर्दछ । यस्तो भएमा मुटुमा असर पर्ने र असर परेको भागले काम गर्न छाड्नेसम्मको समस्या आउन सक्दछ ।

जोगिने उपायः हृदयघातबाट बच्न चिसोबाट बच्नुपर्दछ । यसका साथै वजन कम गर्ने, बढी चिल्लो बोसो वा मसलादार खाना नखाने । चिसो मौसममा शरिर कम मात्रामा सक्रिय राख्ने वा नियमित केही बेर शारीरिक ब्यायाम गर्नुपर्दछ ।

७. कार्बन मोनोअक्साईड पोईजनिङः चिसो मौसममा केही मानिसहरू घरका सबै झ्याल ढोका बन्द गरेर आगो ताप्ने गर्दछन् । यसरी कतैबाट हावा नर्छिने गरी कोठा बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बन मोनोअक्साईडको मात्रा बढ्न जान्छ । यसले पोईजनको रूपमा शरिरमा प्रवेश गर्दछ । र, मानिसको मृत्यु पनि हुन सक्दछ ।

जोगिने उपायः कार्बन मोनोअक्साईड पोईजनिङबाट बच्न कोठा भित्र आगो वा हिटर ताप्दा कोठाको कुनै एक भाग खुल्ला राख्नुपर्दछ । केहीबेर आगो वा हिटर तापेपछि कोठा बाहिर जाने र अन्य काममा सक्रिय हुनुपर्दछ ।

८. जोर्नीको दुखाईः
चिसो मौसममा देखापर्ने मुख्य समस्यामध्ये जोर्नीको दुखाई एक समस्या हो । बिशेषत बृद्ध मानिसलाई देखापर्ने यो समस्या जाडो बढेसंगै शुरु हुने गर्दछ । बाहिरी तापमान घटबढ हुँदा जोर्नीको नशा समेत खुम्चिने गर्दछन् र रगतमा पनि तापक्रम घट्दछ । जसकाकारण जोर्नीहरू कडा हुने र दुख्ने गर्दछन् ।

जोगिने उपायः चिसो मौसममा जोर्नीको दुखाईबाट बच्न शरिरमा एक समानको तापमान बनाई राख्नुपर्दछ । कतिपय मानिसहरू शरिरको माथिल्लो भाग अर्थात जिउमा न्यानो लुगा लगाएपनि खुट्टामा भने साधारण पाईन्ट सारी वा पातलो लुगामात्र लगाउने गर्दछन् । तर शरिरको तल्लो भागमा पनि न्यानो हुने गरी टाउजर वा पर्याप्त तातो हुने कपडा लगाउने गर्नुपर्दछ ।

९. सुख्खा छालाः चिसो मौसम लागेसंगै हाम्रो शरिरका छालामा सुख्खापन बढ्ने गर्दछ । किनकी चिसो मौसममा छालाका लागि अनुकूल समय होईन । बाहिरी बाताबरण शरिरको तापक्रम भन्दा कम हुँदा शरिरको ताप वातावरणले तान्न थाल्छ र छाला सुख्खा हुने गर्दछ ।

जोगिने उपायः छालामा सुख्खापना आउन नदिन जाडो मौसममा पर्याप्त न्यानो लुगा लगाउनु पर्छ । शरिरलाई ढाकेर न्यानो बनाउने र तातो तथा झोलिलो खानेकुरामा ध्यान दिनुपर्दछ । क«नैपनि ज्याकेट वा उनीको स्विटर लगाउँदा शरिरमा टाँसिने कपडा सुतिको हुनुपर्दछ । यदि छाला धेरै सुख्खा भए मोईस्चराइजर क्रिम लगाउनु पर्दछ ।

१०. नोरोभाईरस वा विन्टर डाईरिया ः
जाडो मौसममा नोरो भाईरसको सक्रियताका कारण केही मानिसमा बान्ता हुने तथा झाडापखाला लाग्ने गर्दछ । जसलाई विन्टर डायरिया भनिन्छ । संक्रमित ब्यक्तिको संसर्गबाट सर्ने विन्टर डाईरिया संक्रमितखाना बस्तु वा सतह छुँदा पनि सहजै सर्न सक्दछ ।

जोगिने उपायः विन्टर डाईरियाबाट बच्न खाना पकाउँदा साबुनपानीले राम्ररी हात धुने संक्रमित ब्यक्तिको संसर्गमा नआउने एक अर्काका कपडा वा सामान प्रयोग नगर्ने । संक्रमित ब्यक्तिको बान्ता वा दिशापिसाव पन्जा र माक्सको प्रगोग गरेर ब्यवस्थापन गर्ने । साथै चिसोबाट बच्न समग्र रूपमा आरामको साथमा ब्यायामपनि गर्नुहोस । अवश्य स्वास्थ्यमा सकारात्मक सुधार आउने छ ।

यसको साथै घरेलु उपचार बेसार, नुन, लसुन, अदुवा, जिरा, तुलसीको पत्ता, सुकमेल, टिमुर, गुर्जो, मरिच, ज्वानोको पानी पकाएर पिउनुहोस । तातो पानीमा कागती मिक्स गरेर पिउनुहोस । यसले रुघा खोकी कम गर्छ । नियमित रूपमा फलफूल, झोलिलो खानेकुरा साबिक भन्दा बढी खाने गर्नुहोस । तपाईले यी कुरामा ध्यान दिनुभयो भने तपाईलाई चिसो मौसममा हुन सक्ने यस्ता खालका समस्याबाट सजिलै जोगिन सक्नु हुन्छ । यदि यी कुरा अपनाई रहँदापनि थप समस्या आएमा तुरुन्त चिकित्सकको थप परामर्श लिनुहोस ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?