© २०२३
पाल्पा, ११ पुस ।
तानसेन नगरबाट निस्किएको फोहरको लागि दीर्घकालीन समाधानका लागि नेपाल सरकारको लगानीले सार्थक पाउन नसक्दा निर्मित स्थायी संरचना यतिखेर खण्डहरमा परिणत हुने क्रममा रहेको छ ।
आर्थिक वर्ष ०५५/५६ बाट फोहर विसर्जनका लागि स्थायी रूपमा संरचना निर्माण गर्न बनेको योजनाका लागि तत्कालीन नेपाल सरकारले ३ करोड रुपैयाँ खर्चको उपलब्धि शून्य जस्तै भएको तानसेन नगरका कर्मचारी तथा एक स्थानीयले बताए ।
तत्कालीन समयमा एसियाली विकास बैङ्कले ३ वटा विषयमा लगानी गर्ने इच्छा देखायो । पहिलो व्यवस्थित बसपार्क निर्माण फोहर विसर्जन केन्द्र र इको टुरिजम क्षेत्रमा लगानी गर्न देखाएको इच्छा अनुरूप काम पनि अगाडि बढेको नगरका पुराना कर्मचारी बताउँछन् ।
एसिया विकास बैङ्कले विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार भयो तर कार्यान्वयनका सवालमा आनाकानी भयो । अन्ततः तत्कालीन विकास मन्त्रालय अन्तर्गत फोहर मैला प्रशोधन केन्द्रसँग नगर सरकारको आग्रह अनुरूप पुन नाप जाँच भयो । त्यसपछि योजना अगाडि बढेको नगर सरकारका सरसफाइ केन्द्रका रामजी कार्की बताउँछन् ।
स्थानीय विकास मन्त्रालय अन्तर्गत जगेडा कोष बाट २० प्रतिशत स्थानीय सरकारको ८० प्रतिशतमा पहुँच मार्ग निर्माण फोहर उठाउने प्रयोजनका लागि डोजर, ढुवानीका लागि लोडर ट्याक्टर खरिद भयो । स्थानीय संरचना निर्माणका लागि जग्गा प्राप्तिका लागि ३३ रोपनी क्षेत्रफलको जमिन ३० देखि ३५ हजार रुपैयाँका दरले खरिद गरेर निर्माण कार्य अगाडि बढ्यो ।
स्थानीय निकायमा जनप्रतिनिधि विहीन समयमा उद्घाटन भएको २ वर्ष पछि सदाका लागि ताल्चा लगाइएको अहिले सम्म खुल्न नसकेको स्थानीय तथा सामाजिक विकास शाखाका कोसल घिमिरे बताउँछन् ।
तत्कालीन समयमा नगर बासीले फोहर वर्गीकरण बिना पटाउँदा बिर्सन केन्द्रमा फोहरको सङ्केत बढ्दै गएपछि आसपास बासिन्दाको विरोधमा प्रवेशको मुख्यद्वारमा नै कहिल्यै साँचो नखुल्ने गरी साँचो लगाउन परेको स्थानीयहरू बताउँछन् ।
नगरपालिकाले व्यवस्थित रूपमा फोहर व्यवस्थापनका लागि स्थानीयहरूको माग अनुरूप सडक पूर्वाधार निर्माण, सडक बत्ती, व्यवस्थित रूपमा खानेपानी, निःशुल्क स्वास्थ्य परीक्षण सेवा स्थानीयलाई रोजगारको व्यवस्था गरियो ।
एकपछि अर्को गर्दै स्थानीयले माग राख्दा पनि समस्या भयो । प्रदूषण कम गरेर काम गर्न सकिने भए पनि स्थानीयको अवरोध, असहयोगका कारणले पनि फोहर विसर्जन केन्द्र पुनः सञ्चालनमा ल्याउन आफूले नसकेको तानसेन नगरका पूर्व प्रमुख अशोक शाही बताउँछन् ।
यसको सूत्रधार नै आफू भएको र आफू पहिलो पटक निर्वाचित भएपछि कार्यारम्भ गरेको हो । सञ्चालनको समयमा स्थानीय निकायमा जनप्रतिनिधिबिहीन भएको बेलामा कर्मचारी संयत्रका कारण स्थानीयको उल्झन खडा गरेका हुन् ।
सञ्चालनमा ल्याउनु पूर्व नगरवासीलाई कस्तो कस्तो फोहर मात्र उठाउने भन्ने विषयमा सचेतना नदिएका कारण यो समस्या आएको उनले बताए । विगतका समयमा भौगोलिक तथा मौसमी जटिलताका कारण केही समस्या देखियो तर अहिले पनि पुराना विषय उठान भएका कारण वर्गीकृत फोहरलाई विगत एक दशक देखि तानसेन गुल्मी सडक किनारामा सामुदायिक वनमा विसर्जन गर्दै आएको छ ।
स्थानीय, सङ्घीय तथा प्रदेश निर्वाचनमा राजनैतिक दलका चुनावी घोषणा पत्रमा नछुट्ने विषय बनेको छ फोहर मैला बिसर्जन तर खोलो त¥यो लौरो बिस्र्याे भन्ने उखानै कायम भएका कारण अहिले सम्म न त कुनै नयाँ ठाउँ कायमै भयो न त पुरानो सञ्चालनमा आएको स्थानीयहरू बताउँछन् ।
तानसेन नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ भन्दछन् नयाँ ठाउँको खोजी भएको छ । सेती पोखरीमा निर्मित केन्द्र सञ्चालनका लागि नगर सरकारको एकल प्रयास सम्भव नभएको उनी बताउँछन् ।
तानसेन नगरको वडा नम्बर ५ मा करिब ३३ रोपनी क्षेत्रफलमा फैलिएको फोहर विसर्जन केन्द्र प्रयोगमा आउन नसक्दा बनदेवी क्षेत्रमा विसर्जन गरिएको फोहरका कारण सवारी साधनमा यात्रा गर्ने यात्रु, वन क्षेत्र भन्दा माथिको क्षेत्रमा बसोबास गर्ने मानव बस्तीमा प्रतिकूल प्रभाव परि नै रहेको छ काठमाडौँ उपत्यका पछिको तानसेन फोहरका कारण सुन्दर तानसेन माथि प्रश्न चिन्ह उठेको स्थानीयको भनाइ रहेको छ ।