© २०२३
बुटवल ।
तौलिहवा–भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. १ बरोहियामा बुधबार राति दुई बजेतिर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
तौलिहवाबाट भैरहवा तर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु प्र ०१–००१ ख नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक, मायादेवी गाउँपालिका वडा नं. ६ डुमराका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ ।
ओसामालाई कपिलवस्तु अस्पतालमा उपचारका लागि ल्याउने क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएका छन् ।