ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता

५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

नवलपरासी, ५ पुस ।

जिल्लाका विभिन्न बौद्धकालीन स्थानको अध्ययन अवलोकन र अनुसन्धानमा विद्यार्थीहरूको चासो बढ्दै गएको छ ।

भगवान् गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तूपमा तथा प्राचीन कोलिय गणराज्यको राजधानी(पण्डितपुर) तथा राज्य भित्रका विभिन्न बौद्धकालीन नगरहरूको अध्ययन अनुसन्धान विकासमा चासो बढ्न थालेको हो ।

जस्मा केही विदेशका विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालय र बौद्ध विश्वविद्यालयका विद्यार्थीहरूको समेत चासो बढन थालेको देखिएको स्थानीयले बताएका छन् ।

यो क्षेत्रमा बेलायत दुराम विश्वविद्यालयले त वर्षौँदेखि अध्ययन अनुसन्धान गर्दै आएको भए पनि गत मङ्सिरमा पुरातत्त्व विभागले कोलिय राजधानी कोलनगर (पण्डितपुर) क्षेत्रमा उत्खनन भई राख्दा त्यसमा ३५ जना त्रिभुवन विश्वविद्यालय र ५ जना बौद्ध विश्वविद्यालयका विद्यार्थीहरू उत्खननको प्रयोगात्मक तालिम र अनुसन्धान कार्यमा लागेका थिए ।

एक महिने अनुसन्धान सकाई उनीहरू फर्के पश्चात् त्रिभुवन विश्वविद्यालयकै एमबिए अध्ययनरत ७० जना भन्दा बढी विद्यार्थीहरू रामग्राम स्तूप क्षेत्र तथा रामग्रामका अन्य क्षेत्रमा समेत एक सातासम्म अनुसन्धान गर्नेगरि काममा खटिएका छन् ।

जसमा ७ वटा समूहमा ती विद्यार्थीहरू अध्ययन गरिरहेको सहायक प्राध्यापक फूलप्रसाद सुवेदीले जनाएका छन् । सहायक प्राध्यापक सुवेदी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन विभागको केन्द्रीय सहप्राध्यापक हुन् ।

उनका अनुसार पशुपालन क्षेत्र,महिला शसक्तिकरण,शिक्षाको अवस्था, पर्यटन, कृषि (धानखेती) बसाई सराई र स्वास्थ्य तथा सरसफाई क्षेत्रमा अध्ययन भई रहेको प्राध्यापकको भनाई थियो । उनीहरू यसै क्षेत्रको वृहद अध्ययन गरि प्रस्तुतीकरण गर्ने छन्, उनले भने, यस अध्ययनले सरकारलाई नीति निर्माण देखी कार्यान्वयन तहसम्म काम गर्न सहज हुने गरि दस्ताबेज प्रदान गर्ने छन् ।

साथै यी विद्यार्थीहरू पनि पछि सरकारी तथा नीति निर्माण तहमा जाने वा विदेश जाँदा पनि यो रामग्राम क्षेत्रको विकास तथा यहाँका पर्यटन क्षेत्रको विकास गर्नमा सहयोगी बन्ने उनको भनाई थियो । रामग्राममा रहेका प्राचीन सम्पदाहरूको ब्राण्डिगँ र मार्केटिड्ड क्षेत्रमा समेत उनीहरूको भूमिका रहने छ ।

रामग्राम स्तुपामा जानकारी लिई केही समय ध्यानको समेत अभ्यास गराइएको थियो । स्तूपको आध्यात्मिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको जानकारी गराइएको थियो । यसले विद्यार्थी यस क्षेत्रको पर्यटन क्षेत्र विकास प्रति उत्साही देखिएका थिए ।

उता मङ्सिरमा त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास संस्कृति तथा पुरातत्त्व विभागका प्रमुख डा.महेश आचार्य सहित प्राध्यापकहरूको टोलीले उत्खनन क्षेत्र सहित जिल्ला स्थित बौद्धकालीन तथा ऐतिहासिक सांस्कृतिक सम्बन्धी जानकारी लिई फर्केका थिए ।

उनले जिल्ला स्थित संस्कृति सम्पदा संरक्षण महाअभियानसँग समेत अन्तरक्रिया गरेका थिए । उनले महाअभियानको लक्ष्य समय सापेक्ष रहेको र गर्दै आएको कार्यको प्रशंसा गरेका थिए । स्थानीय नागरिकहरूले पुरातत्त्व स्थल, बस्तु तथा समाजमा रहेका संस्कृति बचाएर राख्नु पर्ने औँल्याएका थिए ।

हाम्रो इतिहास, परम्परा, संस्कार, संस्कृति तथा पुरातात्त्विक स्थान र बस्तु हाम्रा गहना हुन्,यसलाई बचाएर जोगाएर राख्न आवश्यक छ । यसका लागि सरकारले नीतिगत व्यवस्था गरेर संरक्षण गर्नुपर्ने उनको भनाई थियो । उत्खनन कार्य बिस्तारै बिस्तारै अध्ययन गर्दै गर्नु पर्ने हुन्छ,हतार हतारमा उत्खनन गरेर देखाई हाल्दा पनि पुरातात्त्विक बस्तु नष्ट हुन सक्ने हुँदा यसका लागि स्थानीयले धैर्य समेत राख्नु पर्ने उनले औँल्याएका थिए ।

केही दिन अगाडि चिनियाँ अध्येयताहरूको टोलीले समेत ‘विश्व शान्ति कार्यक्रम’ रामग्राममा गरेर फर्केको सोही वडाका पूर्व वडाध्यक्ष शिवशङ्कर हरिजनले जानकारी गराएका थिए । अन्तरगत विविध कार्यक्रम गरि चिन लगायतका विभिन्न देशका पर्यटकले विश्व शान्तिको कामना गरिनुका साथै चिनिया कला, गीत र सङ्गीत प्रस्तुत गर्दै विभिन्न देशबाट आएका बुद्धिस्ट र अतिथिहरूको सहभागितामा साँझ स्तूप परिसरमा दीप प्रज्वलन गरिएको थियो ।

रामग्राम स्तूप क्षेत्रमा आउने पर्यटक ३१ देशबाट आएको रहेछन् । अहिलेसम्म अमेरिका, अस्ट्रेलिया, भुटान, क्यानडा, फ्रान्स, जर्मनी, हंकगँ, इन्डोनेसिया, इटली, जापान, कोरिया, मङ्गोलिया, रसिया, साइप्रस, सिँगापुर, स्पेन, स्विडेन, स्वीस, ताईवान, युगाण्डा भियतनामका पर्यटकहरू पनि आएका थिए ।

मगधका तत्कालीन सम्राट् अशोक स्तूप उत्खनन गराउँदै ८४ हजार स्थानमा स्तूप बनाउने गरि स्तूपको उत्खनन गराउने क्रममा अन्तिम समयमा रामग्राम स्तूपको उत्खनन् गर्न आई पुगेका थिए । तर स्तूपमा पुजा ध्यान गर्दै आएका नागबंशीहरूको आग्रहमा रामग्राम स्तूप उत्खनन गरेनन् । बरु रामग्राम स्तूप नजिकै स्नान गर्न पोखरीको निर्माण गराई दिए । भिक्षुलाई बस्नका लागि बौद्ध विहार बनाई दिए ।

उपासकहरूको बसोबासका लागि पनि आवास बनाई दिएका थिए । आधुनिक कालमा भारतमा अङ्ग्रेज शासनकालमै बेलायतबाट आएका अङ्ग्रेजी विद्वान डा.डब्लु होयले रामग्राम स्तूपको पत्ता लगाएका थिए । सन १८९६ मा लुम्बिनीमा अशोक पिलरको माध्यमले लुम्बिनी पत्ता लागेपछि उनले त्यसकै आधारमा खोज्दै आउँदा सन १८९८ मा रामग्राम स्तूपको पत्ता लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?