© २०२३
काठमाडौं, ४ पुस ।
नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोश्रो बैठक आगामी पुस २७ देखि २९ गतेसम्म बस्ने भएको छ । काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे प्रस्ताव पेश गरेका छन् ।
उनले बैठक हलमा केन्द्रीय कमिटीको दोश्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौंमा आयोजना गर्ने प्रस्ताव राखेका हुन् । आज बसेको बैठक केन्द्रीय कमिटीको पहिलो बैठक हो भने उक्त प्रस्ताव हाल निर्णयार्थ पेश भइरहेको जानकारी दिइएको छ ।