ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान

२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

नवलपरासी, २५ मङ्सिर ।

सरकारी बेवास्ता र केरामा देखिने विभिन्न समस्याले आजित भएका जिल्लाका किसान अहिले केरा मासेर गहुँ खेती गर्ने क्रम बढेको छ ।

ठुलो लगानी र कठिन परिश्रम गर्दै कृषि कर्म गरेर उत्पादन गरेका केरा बजारमा मूल्य नपाउँदा केरा खेती प्रति नैराश्य बढ्दै जाँदा केही किसानले केरा मासेर अन्य गहुँ बाली गर्न थालेका हुन् ।

आफूले स्थानीय विद्यालयको जग्गा भाडामा लिई नगदे केरा खेती गर्दै आएको तर अहिले लगानी भन्दा कम मूल्य केराबाट पाउने अवस्था आए पनि जोतेर गहुँ छरेको देखाए । केरा मासेर गहुँ छरेको छु, गहुँ सिँचाइ गर्दै गरेका सुस्ता गाउँपालिका बलि नगरका नन्द प्रसाद भण्डारीले भने, केरामा खासै फाइदा भएन, नगदे बाली भएका कारण सस्तोमा भए पनि बेच्नु पर्ने अवस्था हुन्छ ।

केरालाई भण्डारण गर्नु चुनौती छ, उनले थपे,तर गहुँ त मूल्य नपाए पनि भण्डारण गरेर राख्न सक्ने अवस्था हुन्छ । भण्डारीले छिमेकी ४ जना पनि १०÷१० कट्ठा केरा मासेर गहुँ नै छरेको देखाए । केरा मासेर गहुँ रोप्नु किसानको बाध्यता हो ।

अहिलेकै सिजनमा जिल्लाका केरा किसानले एक माथि एक क्षति बेहोर्नु पर्ने समस्या झेले पछि परम्परागत खेतीपाती गर्ने र दैनिकी गुजार्ने अवस्था त रहन्छ । ऋण काढेर उधारोमा उत्पादन बेच्दा किसानको हातमा के पर्छ ? उनले प्रश्न गरेका थिए ।

विगतमा केराको बेर्ना तयार गर्नका लागि टिस्यु कल्चर गर्ने संस्थाहरू नहुँदा समस्या झेल्दै आएका केरा किसानलाई अहिले केरा बिक्रीको समस्या देखिएका समस्याले १ अर्ब बढीको क्षति बेहोर्नु परेको दाबी केरा किसानले गर्दै आएका छन् ।

गत आर्थिक वर्ष २०८१/०८२ मा भारतबाट केरा आयात गर्दा २४ प्रतिशत शुल्क लाग्ने गरेको थियो, यो आर्थिक वर्षमा तत्कालीन सरकारले नै सो भन्सार शुल्क १३ दशमलव ५ प्रतिसतमा झारेपछि केराको आयातमा वृद्धि भएको थियो ।

यसले केरा किसानलाई ठुलै नोक्सानी बेहोर्न परेको केरा उत्पादक सङ्घका अध्यक्ष लख्खु यादवले बताए । बेलामा बेर्नामा अवरोध भयो, पछि भन्सार छुट दिइएर नेपाल सरकारले नेपाली केरा किसानलाई नोक्सानी बेहोर्नु पर्ने अवस्था सृजना ग¥यो, उनले भने, भारतमा भारतीय सरकारले अहिले जिएसटी घटाउँदै स्थानीयलाई प्रोत्साहन दिइएको थियो, नेपालले पनि भारतीयलाई नै सहयोग पुग्ने गरि आयातमा भन्सार शुल्क घटाई दियो ।

यसले नेपालका केरा किसानलाई लागत निकाल्न धौ–धौ भयो । केरा बिक्री हुन छाड्यो । गत वर्षको तुलनामा यो वर्ष केराको आधा मूल्य पनि पाउन सकेनन्, त्यो भएर पनि केरा किसानमा निराशा छाएकोले केराको विकल्प खोज्न थालेका छन् ।

सरकारले नेपाली केरा किसानलाई आवश्यक मल खाद्य, उन्नत विउँबिजन दिन सक्दैनन्, त्यसमा पनि विभिन्न प्रकारको सङ्घर्ष गर्दै नेपाली केरा किसानले केरा उत्पादन गर्छन् । तर विना क्वारेनटाइन जाँच भारतीय केरा भित्रिने गरेका छन् ।

ठुलो मात्रामा अनुदान पाएर उत्पादन गरेका भारतीय किसानसँग नेपाली किसानले प्रतिस्पर्धा गर्नु फलामको चिउरा हो । यसले गर्दा पनि जिल्लाका केरा किसान बाध्य भएर केरा खेती मास्न तर्फ लागेको देखिन्छ ।

जिल्लामा २ हजार ५ सय ४४ हेक्टरमा खेती हुने गरेको सरकारी तथ्याङ्कले पनि देखाएको भए पनि केरा खेती घटेर यस वर्ष १ हजार ८ सय हेक्टरमा झरेको छ । उक्त  क्षेत्रफल कट्ठामा ३६ हजार कट्ठा हुन्छ ।

प्रति कट्ठा केरा उत्पादन २५ क्विन्टल हुने गरेको छ । सो तथ्याङ्कलाई आधार मान्ने हो भने यो वर्ष ९ लाख क्विन्टल केरा उत्पादन भएको देखिन्छ । उक्त केरा केजीमा हेर्ने हो भने ९ करोड केजी हुन्छ । गत वर्ष प्रति केजी केराको सरदर मूल्य ३५ रुपियाँ थियो । तर यो वर्ष केराको अहिलेको मूल्यमा सरदर प्रति केजी २० रुपियाँमा झरेको थियो ।

गत वर्षको तुलनामा यो वर्ष प्रति केजी १५ रुपियाँ नोक्सानी बेहोरेको देखिएको छ । जुन यो जिल्लाका किसानले मात्रै १ अर्ब ३५ करोड नोक्सानी हिसाब हुन आउँछ ।
जिल्ला भित्रै आवश्यक बेर्नाको मूल्यलाई हेर्ने हो भने २ करोड १० लाखको बेर्ना मूल्य हुन्छ ।

यसका लागि केरा उत्पादक समितिले प्रधानमन्त्री यान्त्रीकरण योजनासँग कुरा राखिएको बताउँदै उनले केरा सुपर जोन लागू भएको क्षेत्रमा सो आयोजनाले टिस्यु कल्चर गर्ने संस्थालाई अनुदान उपलब्ध हुने जानकारी गराएका थिए ।

तर अहिले सो आयोजनाले जिल्लामा केरा उत्पादन गर्ने क्षेत्रलाई केरा जोनको रूपमा मात्रै कायम गरेको छ । सुपर जोन बनाउनका लागि १ हजार हेक्टर भन्दा बढीमा खेती हुनुपर्ने छ । तर जिल्लामा एकै स्थानमा जोडिएर सुस्ता र प्रतापपुर गाउँपालिकामा १ हजार ३ सय हेक्टरमा केरा खेती हुने गरेको देखिन्छ ।

तर पनि आयोजनाले केरा उत्पादन हुने क्षेत्रलाई सुपर जोन भनी लागु गरेको छैन । सरकारले अन्तर्राष्ट्रिय जगतमा र लगानी गर्ने विश्व बैङ्क लगायतका दातृसंस्थाहरूसँग उत्पादन गर्ने भनी सम्झौता गर्ने तर वास्तविकतामा काम नगर्ने हुँदा लगानी भए पनि देशमा उत्पादन हुन सकिरहेको छैन ।

सबै मापदण्डले मिल्दा पनि के कारणले अवरोधहरू सृजना भइरहेका छन् ? त्यो कुरा यस्तै घटनाले पनि स्पष्ट पार्छ । अनुदान र ऋण लिइने तर काम नगरिदिने सरकारी निकायको दोहोरो चरित्रले किसान हैरान छन् । उत्पादन बढाउन सके देशकै जनताले राहत पाउने छन् । आयात प्रतिस्थापन हुने थियो ।

जिडिपीमा योगदान पुर्‍याउँथ्यो । देशमै रोजगारी र स्वरोजगारी सरकारी नीति छ, तर सरकारी अधिकारीका देशका किसानलाई मालिक बनाउनु भन्दा विभिन्न हन्टर दिँदै कृषि छाडेर वैदेशिक रोजगारी जान तर्फ व्यवहारिक नीति लिइएको देखिन्छ ।

सूक्ष्म रूपमा हेर्ने हो, भने देशका जुनसुकै शासकले देशका जनतालाई श्रमिकको नाउँमा मानवबेचविखनमै लागेको अनुभूति गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?