ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

कानुनको अज्ञानता क्षम्य हुँदैन 

१६ कार्तिक २०८२, आइतबार
१६ कार्तिक २०८२, आइतबार

कानुनको अज्ञानता क्षम्य हुँदैन भन्नुको अर्थ कुनै पनि विषयमा मलाई थाहा छैन, यस्तो गर्दा यो सजाय हुन्छ, मैले जानेर गरेको छैन, अनजानमा भएको हो, कानुनमा के थियो थाहा भएन भनेर पिडकले भन्न नमिल्ने कानुनी सर्वव्यापी व्यवस्था हो ।

हुन त कानुनको सबै प्रावधान सबै नागरिकलाई थाहा नहुन सक्छ तर सामान्य सिद्धान्त जस्तो ठिक–बेठिक, उचित–अनुचित र नैतिक–तातिक भने छुटाउन सकिन्छ, भन्ने विश्वास कानुनले राख्दछ ।

त्यसै गरी मुलुकी देवानी संहिता २०७४ को दफा ५ मा “कानुनको अज्ञानता क्षम्य हुँदैन” भन्ने व्यवस्था गरेको छ ।

राजपत्रमा प्रकाशित भएपछि सबैले यो कानुनको बारेमा थाहा पाएको अनुमान समेत गरेको हुन्छ । कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने विश्वव्यापी सिद्धान्त र मान्यता पनि रहेको छ र यो सिद्धान्त व्यवहारमा समेत लागु भएको पाइएको छ ।

मानौँ यदि कुनै व्यक्तिले रिसको आवेशमा आएर हत्या गरे त्यसपछि हत्या गरिनु हुन्न भने मलाई थाहा थिएन, थाहा पाइन, जानेर गरेको होइन, अनजानमा भएको हो भन्ने भन्न पाइने छैन र यो बाट मुक्त हुन पाउँदैन भन्ने विश्वव्यापी सिद्धान्त र मान्यता छ ।

कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने सिद्धान्तको मुख्य उद्देश्य कानुनको आँखामा सबै समान छन् । गल्ती गर्ने हर कोहीलाई कानुनले सजाय दिन्छ । सामान्य नागरिक देखि प्रधानमन्त्री, प्रधानन्यायाधीश किन नहोस् सबैका लागि कानुन समान हुन्छ भन्ने विश्वव्यापी सिद्धान्त र मान्यता छ ।

हो, कानुनका सबै प्रावधान सामान्य नागरिकलाई थाहा नभएका हुन सक्छ तर समाजमा रहेको व्यवहारिक सिद्धान्तहरू थाहा पाइएको हुन्छ । जस्तो गाली, नगर्नु बेइज्जती नगर्नु, झगडा नगर्नु, कसैको नैतिकतामा आँच पुगाउने काम नगर्नु, नकारात्मक क्रियाकलाप नगर्नु र कानुन विपरीत कार्य नगर्नु भन्ने कानुनको अज्ञानता क्षम्य हुँदैन भन्नुको मूलभूत सिद्धान्त हो ।

कानुन कसैका लागि साना र कसैका लागि ठुला नभई सबैका लागि समान हुन्छ भन्ने सिद्धान्त छ । कानुनका बारेमा पुस्तकमा, पाठ्यक्रममा, विश्वविद्यालयमा पाइन्छ । तर पनि तल्लो स्तरमा आम नागरिक आज पनि ज्ञानकै अभावको कारण जानी नजानी कानुनको कठघरामा छन् भन्ने कानुनको अज्ञानता क्षम्य नहुने (केही नजानी, नबुझेको कार्यबाट हामी कानुनको नजरमा पर्छ) भन्ने हो । यसले गर्दा नागरिकहरू नकारात्मक क्रियाकलाप र कानुन विपरीत कार्य गर्नबाट डराउँछ र पछाडि सर्छ ।

हामीले आफ्नो हक, अधिकारको प्रयोग गर्दा वा रक्षा गर्न खोज्दा र अरूको हक, अधिकारको पनि हनन हुन दिनु हुँदैन र हुन नदिनका लागि हामीले कानुन बुझेको हुनु पर्दछ । राज्यबाट अपराध, हत्या, हिंसा जस्ता क्रियाकलापको अन्त्य गर्न र आफू पीडित नहुन र अरूलाई पनि पीडा नपु¥याउने गरी आफ्नो क्षेत्रसँग सम्बन्धित कानुन सबै व्यक्तिले बुझ्न र जान अनिवार्य हुन्छ ।

सबै क्षेत्रमा काम गर्ने व्यक्तिले कानुनलाई प्राथमिकतामा राखेर बुझेको हुनु पर्दछ र सबैको कानुनमा पहुँच पनि पुगेको हुनु पर्दछ । कानुनको अनभिज्ञता क्षम्य नहुने भएकाले सबैले कानुनको पालना गर्न र गराउन अति आवश्यक छ । कुनै पनि व्यक्तिले कानुन जान्दिन भनेर उम्कन पाइदैन र सक्दैन । त्यसैले सबै व्यक्तिले देशको कानुनको बारेमा जानकार हुनु अपरिहार्य हुन्छ ।
कानुनको अज्ञानता क्षम्य हुँदैन

कानुनको अज्ञानता क्षम्य हुँदैन भन्नुको अर्थ कुनै पनि विषयमा मलाई थाहा छैन, यस्तो गर्दा यो सजाय हुन्छ, मैले जानेर गरेको छैन, अनजानमा भएको हो, कानुनमा के थियो थाहा भएन भनेर पिडकले भन्न नमिल्ने कानुनी सर्वव्यापी व्यवस्था हो ।

हुन त कानुनको सबै प्रावधान सबै नागरिकलाई थाहा नहुन सक्छ तर सामान्य सिद्धान्त जस्तो ठिक–बेठिक, उचित–अनुचित र नैतिक–तातिक भने छुटाउन सकिन्छ, भन्ने विश्वास कानुनले राख्दछ ।

त्यसै गरी मुलुकी देवानी संहिता २०७४ को दफा ५ मा “कानुनको अज्ञानता क्षम्य हुँदैन” भन्ने व्यवस्था गरेको छ । राजपत्रमा प्रकाशित भएपछि सबैले यो कानुनको बारेमा थाहा पाएको अनुमान समेत गरेको हुन्छ । कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने विश्वव्यापी सिद्धान्त र मान्यता पनि रहेको छ र यो सिद्धान्त व्यवहारमा समेत लागु भएको पाइएको छ ।

मानौँ यदि कुनै व्यक्तिले रिसको आवेशमा आएर हत्या गरे त्यसपछि हत्या गरिनु हुन्न भने मलाई थाहा थिएन, थाहा पाइन, जानेर गरेको होइन, अनजानमा भएको हो भन्ने भन्न पाइने छैन र यो बाट मुक्त हुन पाउँदैन भन्ने विश्वव्यापी सिद्धान्त र मान्यता छ ।

कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने सिद्धान्तको मुख्य उद्देश्य कानुनको आँखामा सबै समान छन् । गल्ती गर्ने हर कोहीलाई कानुनले सजाय दिन्छ । सामान्य नागरिक देखि प्रधानमन्त्री, प्रधानन्यायाधीश किन नहोस् सबैका लागि कानुन समान हुन्छ भन्ने विश्वव्यापी सिद्धान्त र मान्यता छ ।

हो, कानुनका सबै प्रावधान सामान्य नागरिकलाई थाहा नभएका हुन सक्छ तर समाजमा रहेको व्यवहारिक सिद्धान्तहरू थाहा पाइएको हुन्छ । जस्तो गाली, नगर्नु बेइज्जती नगर्नु, झगडा नगर्नु, कसैको नैतिकतामा आँच पुगाउने काम नगर्नु, नकारात्मक क्रियाकलाप नगर्नु र कानुन विपरीत कार्य नगर्नु भन्ने कानुनको अज्ञानता क्षम्य हुँदैन भन्नुको मूलभूत सिद्धान्त हो ।

कानुन कसैका लागि साना र कसैका लागि ठुला नभई सबैका लागि समान हुन्छ भन्ने सिद्धान्त छ । कानुनका बारेमा पुस्तकमा, पाठ्यक्रममा, विश्वविद्यालयमा पाइन्छ । तर पनि तल्लो स्तरमा आम नागरिक आज पनि ज्ञानकै अभावको कारण जानी नजानी कानुनको कठघरामा छन् भन्ने कानुनको अज्ञानता क्षम्य नहुने (केही नजानी, नबुझेको कार्यबाट हामी कानुनको नजरमा पर्छ) भन्ने हो । यसले गर्दा नागरिकहरू नकारात्मक क्रियाकलाप र कानुन विपरीत कार्य गर्नबाट डराउँछ र पछाडि सर्छ ।

हामीले आफ्नो हक, अधिकारको प्रयोग गर्दा वा रक्षा गर्न खोज्दा र अरूको हक, अधिकारको पनि हनन हुन दिनु हुँदैन र हुन नदिनका लागि हामीले कानुन बुझेको हुनु पर्दछ । राज्यबाट अपराध, हत्या, हिंसा जस्ता क्रियाकलापको अन्त्य गर्न र आफू पीडित नहुन र अरूलाई पनि पीडा नपु¥याउने गरी आफ्नो क्षेत्रसँग सम्बन्धित कानुन सबै व्यक्तिले बुझ्न र जान अनिवार्य हुन्छ ।

सबै क्षेत्रमा काम गर्ने व्यक्तिले कानुनलाई प्राथमिकतामा राखेर बुझेको हुनु पर्दछ र सबैको कानुनमा पहुँच पनि पुगेको हुनु पर्दछ । कानुनको अनभिज्ञता क्षम्य नहुने भएकाले सबैले कानुनको पालना गर्न र गराउन अति आवश्यक छ । कुनै पनि व्यक्तिले कानुन जान्दिन भनेर उम्कन पाइदैन र सक्दैन । त्यसैले सबै व्यक्तिले देशको कानुनको बारेमा जानकार हुनु अपरिहार्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?