Butwal Today

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायम, आज यी ३ प्रदेशमा वर्षाको सम्भावना

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीको स्थिति छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । मधेस प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।