ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

राष्ट्रवाद र बामवादका नाममा अध्यात्मवादमाथि खेलाँची !

२८ आश्विन २०८२, मंगलवार
२८ आश्विन २०८२, मंगलवार

बा ! यो पाप धर्म भन्ने कुरा चाहिँ आफुलाई आस्तिक बताउने केही महानुभावहरूले शंख घण्ट हल्लाएर भगवानका अगाडि नाटक गर्नेहरूसँग लगेर तुलना गर्ने गर्नुहुन्छ ।

उहाँहरूले जस्तोसुकै भएपनि शंख घण्ट हल्लाउने चाहिँ महान् धर्मात्मा र नहल्लाउने चाहिँ एकदमै अधर्मी र नरकगामी जस्तो गरी व्याख्या गर्नुहुन्छ । तर त्यस्तो पक्कै होइन । हो शंख घण्ट हल्लाएर ईशवन्दना गर्नुपनि चित्तशुद्धि गर्ने ठूलो उपाय त हो नै ।

यसमा कुनै शङ्काचाहिँ छँदैछैन । तर अरूबेला जे पायो त्यही गरेर सर्वव्यापी सर्वज्ञ ईश्वरसँग चाहिँ ङिच्च दाँत देखाएर जय जगदीश हरे भन्ने नै वास्तवमा अधर्मी हुन् । हो, आफ्नो परम्परा अनुसारका धार्मिक परम्परा मनाउनै पर्दछ ।

बुबा आमा जिउँदो छँदै सेवा गरेर मात्र पुग्दैन, आफ्नो विश्वास र नियम अनुसार नै श्राद्धादि कर्म पनि गर्नुपर्दछ । जिउँदो छँदै गरे हुन्छ, मरेपछि केही गर्न पर्दैन भन्नेहरूले मरेपछि त गर्दै गर्दैनन् जिउँदो छँदा पनि केही गरेका हुँदैनन् ।

गरेका भएपनि सामाजिक सञ्जालका माध्यमले आफुलाई ठूलो देखाउनका लागि मात्र गरेको देखाएका हुन्छन् । त्यसैले यो धर्म र पाप भन्ने कुराको परिभाषा गरेर साध्य नै छैन । एउटा पण्डित र वेश्याको कथा त सुन्नुभएको छ होला । नसुन्नु भएको भए सुन्नुहोस् त बा !

कुनै प्रदेशको एउटा गाउँमा पण्डित र वेश्याको घर लगभग नजिकै थियो । उनीहरूका घरका क्रियाकलाप एक आपसमा लगभग थाहा हुन्थे । पण्डितजी विहानै उठेर नाईध्वाइँ गरेर जप ध्यान गर्ने, पुजा पाठ गर्ने गर्दथे ।

त्यसपछि गाउँमा गएर जजमानी गर्नु उनको प्रमुख कार्य थियो । आफ्ना जजमानहरूले भने अनुसारका कर्म गरिदिनु नै उनको धर्म थियो । तर, वेश्या विहान उठेर आफ्ना नित्यकर्महरू सकिसकेपछि शरीरलाई सिँगार्ने काम गर्थिन् ।

दिनभर उनका ग्राहक उनलाई खोज्न आउँथे । आफ्ना हाउभाउ कटाक्षद्वारा ग्राहकहरूलाई प्रभाव पारी उनीहरूको इच्छा पूर्ति गर्नू उनको धर्म थियो । दुबै आफ्ना धर्ममा कटिबद्ध थिए । तर दैव–रिसानीका कारणबाट उनीहरूको गाउँमा आएको ठूलो नदीजन्य प्रकोपका कारणले दुबैको मृत्यु हुन पुग्दछ । अनि दुबै सँगै स्वर्ग र नर्कको बाटो छुट्टिने दोबाटोमा पुग्दछन् ।

त्यहाँ बसेका दुतहरूले वेश्यालाई स्वर्गतिरको मार्ग देखाउँछन् भने पण्डितलाई भने नर्कतिरको मार्ग देखाउँछन् । आफु ढुक्क भएर स्वर्ग जाने सपना देखेका पण्डित अचम्म मान्दै दुतहरूलाई आफू पण्डित भएको र भगवान्को सेवा गरेकाले स्वर्गतिर जान पाउनुपर्ने तर वेश्याले गलत काम गरेकीले नर्कतिर जानु पर्ने माग त्यहाँ तेर्साउँछन् ।

तर, दूतहरूले आफूहरूले गरेको काममा कुनै गल्ती नभएको स्पष्ट पार्दछन् । पण्डितले धेरै आनाकानी गरेकाले उनले गरेका कर्महरू देखाउँदै उनी नरकगामी नै भएको कुरा बताउँछन् । अर्थात् पण्डितले विहान उठेर भगवानको सेवा त गर्दा रहेछन् तर उनको काम नै दिन दिनैजसो नै ती वेश्याका घरतिर नियाल्दै हेर ! हेर !

आजपनि यो पापिनीले कतिजना ग्राहक ल्याएर आएकी छे । थुइए तेरो जीवन भन्दै उनीप्रति घृणाको भावले हेर्दा रहेछन् । आफ्ना ईश्वरीय नित्यकर्ममा यस खालको नित्यकर्म पनि पण्डितले जोड्दा उनको ध्यान नै वेश्याका कर्महरूप्रति रहने रहेछ । त्यसैले उनी नरकगामी भएका रहेछन् ।

यस्ता कुरा सुनिसकेपछि पण्डितले ए लल म त यी कुराहरूले नरकगामी भएँ । अनि त्यो महापराधी चाहिँ कसरी स्वर्गगामी भइ त ? पण्डितका यस किसिमका कुरा सुनेर दुतहरूले भन्दछन् – यिनी आफू वेश्या भएकामा आफुले ठूलै पश्चाताप गर्ने गरेकी रहिछन् ।

अनि उनले यस्तो कर्म गर्ने बेलामा भगवानलाई सम्झँदै हे भगवान् मेरो कुन जुनीको पापले गर्दा हो कुन्नी, यस खालको घृणित काम गर्नुपरेको छ । जाबो पापी पेटका लागि मैले यस किसिमको कार्य गर्न परेतापनि हे केशव मेरो भक्ति हजूरमा रहिरहोस् ।

यसरी सधैँभरी केशवको स्मरण गर्ने वेश्याचाहिँ स्वर्गगामी भएकी हुन् । दुतहरूका वाणीले पण्डित झसङ्ग हुँदै नरकतिरको बाटो समाएछन् । त्यसैले बा यी कथामा भनिएका विषयले पनि पाप र धर्मका बारेमा केही शिक्षा पक्कै दिएको छ ।

ईश्वरको नामको सपथ लिँदैमा सद्गुणी हुने नलिँदैमा चाहिँ दुर्गुणी हुने चाहिँ पक्कै होइन । तर पनि ईश्वरको नाममा सपथ लिने चाहिँ गलतै भएपनि कुनै न कुनै बेला सुध्रन सक्दछ तर ईश्वरको नाममा सपथ नलिएर आफुलाई संसारकै ठूलो मान्छे मान्ने चाहिँ नीति र अनुशासनका मार्गबाट विस्तारै विचलित भएको देखिन्छ ।

संसारमा सबै देखिने वस्तुहरू मात्र सत्य छन् भन्ने धारणा नै गलत छ । देखिने कुरामामात्र विश्वास गर्नेहरू कुनै न कुनै दिन चिप्लनुपर्दछ नै ।
अब विषय प्रसङ्गतिरै लागौँ । हेर्नु त भरखरैको आलो घटना सायद इतिहासमैँ साह्रै दुःखद रह्यो ।

हो हामीलाई थाहा छ– तपाइँमात्र देश विगार्ने र अरू प्रचण्ड, माधव, झलनाथ वा अरू मात्र देश बनाउने हुन् भन्न यहाँ खोजिएको पनि हैन । तर भन्न खोजिएको विषय त के हो भने यहाँ यी अरूहरू भन्दा तपाइँ धेरै हदले नै देशको प्रधानमन्त्री बन्न योग्य भएको कुरा मैले पटक–पटक भन्दै आएको पनि थिएँ ।

जसरी कार्लमाक्र्स नेपाल–भारततिर जन्मेको भए एक प्रतिभा सम्पन्न पौरस्त्य ईश्वरवादी दार्शनिक बनेरै छाड्थे भन्ने अधिकांशका कुराहरू असत्य हुन् भन्ने कुनै आधारहरू नै छैनन् ।

त्यस्तै मेरो आफ्नो अनुभवका आधारमा तपाइँपनि यो देश विगार्नका लागि विदेशीले थोपरिदिएका यी अनावश्यक मारकसवादीहरूका प्रशिक्षणमा जीवन नबिताएर संस्कृत भाषा साहित्य र धर्म दर्शनमा आधारित भएर प्रशिक्षित हुनुभएको भए तपाइँ एकजना ठुलै महात्मा बन्नुहुने थियो भन्ने कुरामा म अत्यन्तै विश्वस्त पनि रहेको छु । त्यसैले मेरो सार भनेको तपाइँको प्रतिभा शुद्ध हो तर तपाइँका गुरुहरूले यसलाई गलत बनाइदिएका हुन् भन्ने नै हो ।

अब केही अघिको घटनातिर लागौँ । तपाइँले यसअघिको प्रधानमन्त्रीको कार्यकालमा पशुपतिमा जलहरि लगाएर केही वादविवादमा पनि आउनुभयो । त्यो बेला जतिसुकै ठूला धर्म गुरुहरूले विरोध गरे पनि मलाई मेरो चेतनाले गलत भन्न सकेन ।

धर्म छाडाहरूले राज्यको कोश हिन्दुको मात्र हैन भन्ने किसिमले तपाइँको विरोध गर्दा हाम्रा धर्म गुरुहरूले पनि तपाइँलाई नबुझिकनै गाली गरे । तपाइँ हिन्दुत्वको विषयमा धेरै जानेको नेता पनि हो । तपाइँ हाम्रो धर्म संस्कार प्रति त्यति नतमस्तक नभएपनि प्रचण्डादि जस्तो मास्ने नै भनेर आएको नेता भने होइन । तर, तपाइँमा एउटा बठ्याइँ चाहिँ गम्भीर रूपले देखियो ।

त्यो हो राष्ट्रवाद र रामवादका माध्यमले जनता बेकुप बनाएर शासन गर्ने । त्यसैका लागि नै देशका विभिन्न स्थानमा भारतसँग सीमा विवाद हुँदाहुँदै पनि अनावश्यक रूपमा चुच्चे नक्साको प्रकाशन ।

हो भारत विरोधि कार्ड फ्याँकेर राष्ट्रवादी हुने योजना तपाइँको धेरै हदमा सफल पनि भयो । देशका लागि देख्दा राम्रै गरेको देखिएपनि यसले अहिले हाम्रो देशको विकासमा कति अप्ठ्यारो पारेको छ भन्ने कुरा प्रत्यक्ष नै छ । माथि भने अनुसार नै तपाइँको अर्को कार्ड रामको थियो । तर त्यसको उद्देश्य तपाइँको कर्म यहाँका धार्मिक जनताको सेवाभाव भन्दापनि दक्षिण एशियामा हिन्दूत्व नाराका साथ उदाइरहेका मोदीको विरोधका लागि थियो ।

जब भारत सरकारले लामो संघर्षको परिणाम स्वरूप अयोध्यामा राम मन्दिरको शिलान्यास गरेको थियो । अनि तपाइँलाई यता रामप्यारा भएका थिए । यो सबै काम हजूरले भारतमा पनि रहेका हिन्दू विरोधि कम्युनिष्टहरूको योजना अनुसार गर्नुभएको थियो ।

सायद यत्तिकै रामका मूर्तिहरू लगेर राख्नुभएको भए त केही थिएन । तर पूरा विधि–विधानले प्राण प्रतिष्ठा गरेर राखिएका मूर्तिहरूले हजूरको दोस्रो कार्यकालमा अलपत्र रहेर बस्नुपर्यो । तपाइँ आफुलाई अनिश्वरवादी भौतिकवादी कम्युनिष्ट भनेर बताइरहँदा माडीका प्राण प्रतिष्ठित ढुङ्गाका मूर्तिहरूको ऊर्जाले तपाइँको व्यक्तित्व दिन प्रतिदिन ह्रास गराइरहेको थियो ।

तर अझ अचानक यसभन्दा पहिलेका सरकार भन्दा केही राम्रो भएतापनि तपाइँलाई देशको एक नम्बर भ्रष्टाचारी, देश नै तपाइँले मात्र विगारेको भन्ने र रमेश लेखकजस्तो सात्विक गृहमन्त्रीको साथ पाउँदा पनि इतिहासकै विभत्स यस खालको घटनाबाट पक्कै पनि प्रताडित हुन पुग्नुभएको छ ।

त्यसैले बा ! बहुत विचार गरेर हेर्नोस् त आखिरी भौतिकवादमा जनतालाई विभिन्न राष्ट्रवाद र वामवादका माध्यमले ढाँटे पनि, छले पनि आखिर अध्यात्मवादमा त यी ढुङ्गाहरूबाट पनि आंशु आउने रहेछ, अनावश्यक रूपमा राजनीति गर्दा यी पत्थरहरूका श्रापले पनि आखिर पाप त लाग्दो रहेछ त है । जसले गर्दा आखिर तपाइँको कल्पनामा नै नरहेको घटनाबाट तपाइँ प्रताडित हुनुप¥यो है ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?