© 2026
नवलपरासी, २२ असोज ।
प्राचीन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रको पहिचान गराउन भारतीय विद्वानहरूको एक टोलीले ‘बुद्धकी नदी रोहिन के चलते हुए’ सचल (हिँड्दै डुल्दै) कार्यशाला सुरु गरेका छन् ।
बुद्धको जीवनसँग जोडिएको कोलिय र शाक्य राज्यको सीमा छुट्टाउनुका साथै दुवै राज्यको धार्मिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्ध जोडिने रोहिणी नदी सभ्यता उजागर गर्ने उद्देश्यले उक्त डुलन्ते कार्यशाला सुरु गरेका हुन् ।
भारत गोरखपुरबाट ४ अक्टोबर २०२५ देखि शुभारम्भ गरिएको उक्त यात्रा लुम्बिनी पुगेर रोहिणीको उद्गम स्थल देवदहका विभिन्न बौद्ध स्थलको भ्रमण रामग्राम स्तूप हुँदै रोहिणी नदीका अन्य सहायक नदीहरूको स्थलगत अध्ययन अवलोकन गर्दै १२ अक्टोबरमा २०२५ मा पुनः गोरखपुर फर्केर बौद्ध म्युजियममा सकिने यात्रामा स्थानीय सहजकर्ता पत्रकार मनोज कुमार सिंहले जानकारी गराएका थिए ।
उनका अनुसार रामग्राम स्तूप परिसरमा पुगेर कोलिय गणराज्यको नामकरणका सूत्रधार कोल वृक्षको अवलोकन समेत गरेका थिए । नदी, प्रकृति र बुद्ध दर्शनको प्रत्यक्ष अनुभूति गर्दै अध्ययन अवलोकनको माध्यम सो यात्रा बन्ने यात्राको समापन संयोजक प्रोफेसर अनिल कुमार रायले गर्ने भनी उनले सुनाएका थिए ।
कोलिय वंश र गणराज्यको आधार बनाउने कोल वृक्षको संरक्षण र बिस्तारका लागि पनि सहकार्य आवश्यक रहेको कोवलृक्ष मुनि उभिएर तस्बिर खिचाउँदै उक्त यात्रा टोलीले सरोकारवाला पक्षसँग आग्रह गरेका थिए ।
रोहिणी नदी र कोल वृक्ष प्रकृतिले जन्म दिएको महामाया कोलिय राजकुमारी र उनले जन्माएका सिद्धार्थ गौतम सिद्धार्थले खोज गरेका शान्ति, करुणा जरामरणबाट विमुक्ति संसारकै लागि अविस्मरणीय स्थान आउन पाउनु संसारका मानिसका लागि जीवनकै ठुलो अवसर भएको बताएका थिए ।
कोलिय राजकुमारी महामाया र शाक्य राजा सुद्धोधनको पुत्रको रूपमा जन्मेका सिद्धार्थ गौतमलाई रोहिणी नदीको पानी विवादले प्रबज्या लिन (गृह त्याग) गर्न बाध्य बनाउने उक्त नदीको बौद्ध दर्शनको महत्त्वपुर्ण स्थान राख्ने गर्छ, उनले भने, रोहिणी नदीको पानी विवादले सिद्धार्थलाई गृह त्याग (प्रबज्या) लिन बाध्य गराउँदा त्यसको प्रतिफल नै बुद्धले खोज गरेका ज्ञान मानवका लागि अनुपम उपहार बनेर आयो ।
जसरी वृक्षको फलको उपयोग सबैले गर्छन्, तर वृक्षलाई सम्झने थोरै हुन्छन्, त्यसैगरि रोहिणी नदी बुद्ध ज्ञान प्राप्तिको आधार हो, जुन बुद्धको ज्ञान संसार भरि फैलियो, तर रोहिणीको आधार सङ्कुचित रहेका कारण त्यसको पनि महत्त्व दर्साउने उद्देश्यले बुद्धको नदी रोहिणीको साथै हिँड्ने यात्राको लक्ष्य रहेको सुनाएका थिए ।
ज्ञान खोजीको आधार मात्रै नभई अन्तिम समयमा विश्वका लागि शान्ति सन्देश दिइने आधार पनि रोहिणी नदी नै हो । रोहिणी नदीको तत्कालीन कोलिय र शाक्य राज्यका जनताले बाँडफाँड गर्ने बेला विवाद भई युद्ध हुने अवस्थासम्म पुग्न थाले पछि श्रावस्तीको जेतवन विहारमा रहेका भगवान् बुद्ध विवाद सुल्झाउन आएका थिए ।
बौद्धकालीन प्राचीन शाक्य राजाहरूको कपिलवस्तु राज्य र कोलिय राजाहरूको कोलिय गणराज्यको सीमा निर्धारण गर्ने रोहिणी नदीलाई प्राचीन सभ्यता र संस्कृति अनुसार पुर्न उत्थान गर्ने कार्य विभिन्न क्षेत्रबाट भई राख्दा त्यसमा पनि सो यात्राले योगदान पु¥याउने छ ।
बौद्ध साहित्यमा रोहिणी नदीको कुरा उल्लेख भएको पाइन्छ । भगवान् बुद्ध बेला बोला यहीँ रोहिणी नदीमा आउने कुराहरू पनि उल्लेख भएको पाइन्छ । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको पाउ परेको स्थान रोहिणी नदी आफैमा एक पवित्रा बोकेको स्थान हो ।
जहाँ भगवान् बुद्ध पुगेर विभिन्न धर्मोपदेश गरेका हुन् । रोहिणी प्राचीन सम्पदा हो, यसलाई यहाँका पुर्खाले संरक्षण गर्दै आएका छन् । वृहद लुम्बिनी र बौद्ध परिपथसँगै जोडेर यसलाई बौद्ध पर्यटनको रूपमा विकास गर्न आवश्यक छ ।
बौद्ध साहित्यमा उल्लेख भए अनुसार कोलिय र शाक्यहरूको प्राचीन काल देखी अन्तरसम्बन्ध भए पनि रोहिणी नदीको पानी खेतीपातीमा उपयोग हुने गरि कोलिय राज्यका जनता र शाक्य राज्यका जनताले रोहिणी नदीमा बाँध बाँधेर त्यसको पानीले सिचाई गर्दै आएका थिए ।
पानीका कारण नदी छेउमा हुन थालेको विवाद सुनेर भगवान् बुद्धले बाँध क्षेत्रमा भिच्छुसँघ सहित आएका थिए । र कोलिय राज्यका जनता र शाक्य राज्यका जनतासँग पानी र रगतको मूल्यमा कसको मूल्य बढी छ ? भनेर सोधेका थिए । भगवानको प्रश्नमा कोलिय र शाक्य दुवै देशका जनताले पानी भन्दा रगतको मूल्य बढी छ भनेर जवाफ दिएका थिए ।
त्यसो भए रोहिणी नदीको पानीका लागि रगत बगाउने काम तर्फ किन उन्मुख भएका छौ ? भनेर प्रश्न गरे पछि दुवै देशका जनताले भगवान् बुद्धको कुरा प्रति सहमत भए । युद्धको अवस्था पर सरेको थियो । युद्धको अवस्था भगवान् बुद्धको एक शब्दले शान्तिमा परिणत भयो ।
शाक्य र कोलिय राज्यका जनता दुवैले अहङ्कार र प्रतिसोधको कारण रगत बग्छ । सहकार्य गरियो भने शान्ति बढ्छ । शान्ति पूर्ण तरिकाले दुवै राज्यका जनताले रोहिणीको पानी पालैपालो उपयोग गरे ।
भगवान् बुद्धलाई कृतज्ञता प्रकट गर्दै अब देखी आपसमा मिलेर बस्ने प्रतिबद्धता जनाएका थिए । भगवान् बुद्धले अन्य क्षेत्रमा पनि द्वन्द्वको समाधानका उपायमा रोहिणी नदी क्षेत्रमा भएका आपसी समझदारीलाई उदाहरणको प्रस्तुत गर्दै द्वन्द्व र विवाद समेत मिलाउने गरेका थिए ।
उनले रोहिणीको बाँध क्षेत्रमा कोलिय र शाक्य राज्यका बुढापाकाहरूले विवाद समाधानका लागि बाँधमा जसरी पराल राख्ने, माटो राख्ने क्रम जोड्दै बाँधको निर्माण हुन्छ । त्यसैगरि एकले आर्कालाई सहयोग गरि शान्ति स्थापनाको बाँध निर्माण हुन्छ ।
एक आपसको सद्भाव प्रकट गरिएको रोहिणी नदी प्राचीन कालमा उदाहरणीय स्थान हो । सोही स्थानको खोज आवश्यक छ, विश्व शान्तिको मुहान सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी भए पनि ती स्थान बुद्धको जन्म स्थल हो ।
वास्तविक शान्तिको सन्देश दिएको स्थान रोहिणी नदी किनार हो । जहाँबाट शान्तिको सन्देश विश्वभरिका लागि उदाहरणीय बन्न सक्छ ।