Butwal Today

दुर्गा प्रसाईंको आह्वानमा ‘राष्ट्र बचाउ अभियान’ को केन्द्रीय भेला

१८ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंले भदौ २० र २१ गते केन्द्रीय भेला आह्वान गरेका छन् ।

प्रसाईंले बुधबार जारी गरेको विज्ञप्तिमा अभियान स्थापनादेखि हालसम्म विभिन्न तहमा रहेर सक्रिय योगदान पु-याएका व्यक्तिहरूलाई सहभागी गराएर भेला आयोजना गर्न लागिएको उल्लेख छ ।

भेलामा संस्थापक सदस्य, वडा तथा पालिका अध्यक्ष, जिल्ला र अञ्चल तहका पदाधिकारी, विभागीय समिति प्रमुख, केन्द्रीय सदस्य, सचिवालय सदस्य र सल्लाहकार समितिका सदस्यलाई अनिवार्य उपस्थित हुन आह्वान गरिएको छ ।

प्रसाईंका अनुसार भेला भक्तपुरमा बिहान १०:३० बजे सुरु हुनेछ । चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनी केही समयअघि मात्र रिहा भएका थिए । रिहापछि उनले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?