ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

लिपुलेक विवादमा चीन पन्छिन खोजेको कांग्रेसको आरोप

१८ भाद्र २०८२, बुधबार
१८ भाद्र २०८२, बुधबार

काठमाडौँ, १८ भदौ ।

 प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भारतसँग भएको सम्झौताबारे नेपालको अडानमा चीन पन्छिन खोजेको गम्भीर आशंका व्यक्त गरेको छ ।

बुधबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले चिनियाँ राष्ट्रपतिले लिपुलेक प्रश्नमा पन्छिने खालको जवाफ दिएको दाबी गरे ।

सांसद बडूले भने, “यस संवेदनशील विषयमा मित्रराष्ट्र चीनका राष्ट्रपतिले सीमा विवाद नेपाल–भारतबीचको विषय भएको भन्दै आफू पक्ष वा विपक्षमा संलग्न नहुने जवाफ दिनुभएको छ ।  यस्तो जवाफलाई सकारात्मक मान्न सकिँदैन ।”

भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रधानमन्त्रीले लिपुलेकबारे विगतदेखि चलिआएको कूटनीतिक पहल र प्रेषित प्रोटेस्ट नोटहरूको आधारमा स्पष्ट रूपमा नेपालको अडान प्रस्तुत गरेको बडूले बताए ।

तर, प्रधानमन्त्रीले गम्भीरतापूर्वक उठाएको विषयमा चीनले पन्छिने शैलीमा जवाफ दिएको भन्दै उनले आपत्ति जनाए । “यसरी पन्छिने जवाफलाई हाम्रो सार्वभौमिकताप्रति अपेक्षित सम्मानको भाव प्रकट भएको मान्न सकिँदैन,” बडूको भनाइ थियो ।

सांसद बडूले चीनले नेपालसँग सधैं ‘एक चीन नीति’मा समर्थनको अपेक्षा गर्ने गरेको स्मरण गर्दै भने, “नेपालले पनि आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताको प्रश्नमा सोही स्तरको सम्मान पाउनुपर्ने स्वाभाविक अपेक्षा हुन्छ ।”

उनले प्रधानमन्त्री ओलीले लिपुलेक सम्झौताप्रति राखेको आपत्तिबारे चीनको परराष्ट्र मन्त्रालयको प्रेस नोटमा कुनै उल्लेख नै नभएकोप्रति पनि प्रश्न उठाए ।  बरु छलफलको एजेन्डा नै नभएको भनिएको ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)’ मा नेपाल सहमत भएको कुरा विज्ञप्तिमा उल्लेख भएकोप्रति उनले शंका व्यक्त गरे ।

यस विषयमा प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले तत्काल स्पष्ट पार्नुपर्ने माग पनि सांसद बडूले राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?