© २०२३
पाल्पा, १६ भदौ ।
निस्दी गाउँपालिकाको सबै वडाका बस्ती–बस्तीमा सडक यातायातको सञ्जालले जोडियो । अब बेलडाँडा बाट पैदल यात्रा गर्नुपर्दैन । अधिकांश बस्तीका घर–घर बिजुली बत्ती पुगेका छन् ।
सौर्य ऊर्जामा भर पर्नुपर्दैन । सूचना र सञ्चारले पनि एकजुट गराएको छ । सबैका हात हातमा ठुला–ठुला च्याप्टा फोनहरू र अनि टेलिभिजनहरू घरै पिच्छे छन् ।
यो गाउँपालिका जिल्ला मै पिछडिएको स्थानमा परे पनि विकासका आधारभूत आवश्यकता पुरा भएको छ । कक्षा १२ सम्म आफ्नै टोलका बस्तीमा बालबालिकाले पठन–पाठन गर्न पाएका छन् ।
गाउँ विकासको विकासका लागि स्थानीय सरकार लागि परे पनि सम्भावना र अवसरको खोजीमा गाउँ छाड्ने क्रम घटेको छैन । गत आर्थिक वर्षमा यस गाउँपालिका बाट २ सय १९ जना बसाइँ सरेर पूर्वी नवलपरासी पुगेका छन् ।
स्थानीय संरचना निर्माण भए सँगै गठित स्थानीय तह अधिकार सँगै श्रोत तथा साधनले सम्पन्न भएका कारण यहाँ विकासका आधारभूत आवश्यकता बाट कोही पनि विमुख हुन नपरेको स्थानीय सरकारका प्रमुखहरू बत्ताउँछन् ।
बसाइ सरेर आउने भन्दा यहाँ बाट बसाई सरेर कपिलवस्तु नवलपरासी चितवन जानेहरूको संख्या बढी छन् । निस्दी गाउँपालिका बाट अधिकाश परिवार पूर्वी नवलपरासी र पुर्वखोला गाउँपालिकाको माथिल्लो बस्तीका पनि आफन्तका कारण अरूणखोला , सर्दी क्षेत्रमा बसाई सरेर जाने क्रम बढेको छ ।
त्यसै गरी रामपुर नगरपालिका बाट पूर्वी नवलपरासीको गौडाकोट सम्म चितवन पोखरामा बसाइ सर्ने क्रम बढेको स्थानीयहरू बत्ताउँछन् । पछिल्ला समयमा गाउँ बस्तीमा पनि विकासले फड्को मारे पनि गाउँ छाड्ने क्रम नरोकिएको र यो अत्यन्तै दु.खद पक्ष भएको रामपुर नगर सरकारका प्रमुख रमण थापा बत्ताउँछन् ।
आफ्नो क्षेत्रमा सम्भावना र अवसरलाई ज्यादै टाठा देखेकाले पनि हो । वैदेशिक रोजगारको बलियो प्रभाव र असर पनि हो । यसले गर्दा गाउँ बस्ती खाली नै भई सक्यो ।
बसाई सराई रोक्नका लागि आफ्नो नगरमा विकासका नयाँ नयाँ क्रियाकलाप सँगै स्वरोजगारीको नयाँ नयाँ अवसरका कारण बसाइ सरेर जाने भन्दा बसाई सरेर आउनेको संख्या बढी भएको रामपुर नगरका प्रमुख थापा बत्ताउँछन् ।
तथ्याकं कार्यालयको तथ्याकं अनुसार तानसेन नगरबाट सबै भन्दा बढी बाहिरिएका छन् । अन्य स्थान बाट ४ सय २ यस स्थानमा आउँदा ५ सय १ जना बाहिरिएका छन् । गत आर्थिक वर्षमा मात्र ५०१ जना बाहिरिएको यो क्रम विगतको वर्ष देखि नै बढ्दो क्रम रहेको सूचना अधिकारी भरत आचार्य बत्ताउँछन् ।
तानसेन नगरबाट बुटवल , काठमाडौँ र पूर्वी पश्चिम नवलपरासीमा बसाई सरेर गएका हुन् । त्यसै गरी रामपुर नगरपालिकाका ३ सय ३३ जना भित्रिदा २ सय ५० जना बाहिरिएका छन् । सबै भन्दा बढी त निस्दी गाउँपालिकामा १३ जना भित्रिदा २ सय १९ जनाले गाउँ छाडेका छन् ।
पुर्वखोला गाउँपालिकामा २१ जना आउँदा ३ सय २५ जनाले सदाका लागि गाउँ छाडेका छन् । रम्भा गाउँपालिकामा ३३ जना आउँदा २ सय ९९ जनाले आफ्नो पुरानो थातथलो छाडेका छन् ।
जनसङ्ख्या घट्दो क्रममा रहेको छ यहाँका अधिकांश जमिन वन्य जन्तु र रोजगारीको अवसरको खोजीमा बस्ती छाड्न बाध्य भएका छन् । त्यसै गर जनप्रतिनिधि जनताका प्रतिनिधि भन्दा दलीय स्वार्थमा जुटेका छन् ।
उनीहरू साना साना विकासका गतिविधिमा पनि भेदभाव गर्ने प्रवृत्तिका कारण एउटा पार्टीको सरकार हुन अर्को पार्टीका व्यक्तिलाई निकै भेदभाव गर्न सिपालु पनि भएका छन् । विकासमा दलीय प्रवृत्तिको छायाको प्रभावले नछाडेका कारण पनि यहाँबाट बसाई सर्ने क्रम बढेको रम्भा गाउँपालिकाका स्थानीय खेमराज अर्याल बत्ताउँछन् ।
माथागढी गाउँपालिका कसेनीको खहरे ,रुप्से ,सराइमा मात्र बसाई सरेर आउने क्रम बढेको छ । बस्ती सरे पनि कानुनी र कागजी रूपमा बसाई सराइ नगरेका परिवारलाई यहाँ बाट गाउँपालिका बाट पाउने सेवा र सुविधाबाट वञ्चित गरिएको कारण यस क्षेत्रमा १ सय १२ जना कानुनी र कागजी रूपमा आउँदा गाउँपालिका बाट २ सय ८५ जना बाहिरिएका छन् ।
बसाई सराइको प्रभाव निस्दी पछि वगनासकाली गाउँपालिका हो यहाँ ३५ जना आउँदा यहाँ बाट २ सय ८१ जना अन्यत्र पुगेका छन् । यहाँ बाट विशेष गरी रुपन्देहीमा बसाई सर्ने क्रम बढेको छ ।
कृषि क्रान्तिमा हप्तै पच्छे नारा बजाउँदै आएको रिब्दीकोट गाउँपालिकालाई समेत स्थानीय सरकारको नाराले बसाइ सराइलाई निरुत्साहित पार्न नसकेको स्थानीयहरू बत्ताउँछन् ।यहाँ ४४ जना आउँदा ३४० जना कृषिबाट सम्भावना नदेखेर बाहिरिएका छन् ।
रैनादेवी गाउँपालिकामा ४८ जना आउँदा ३ सय ९३ जनाले गाउँ बस्ती छाडेर रुपन्देही कपिलवस्तु र काठमाडौँमा बसाइ सारेका छन् । तिनाउ गाउँपालिकामा ६६ जना भित्रिदा २ सय १ जना रुपन्देही पुगेका छन् ।
सुविधा भोगी स्थानीय खर्चिला प्रदेश , स्थानीय सरकारको बसाई सराई रोक्न खास नीति नभए यहाँको शैक्षिक क्षेत्र मात्र नभएर व्यापारिक तथा कृषि क्षेत्र पनि कालान्तरमा शून्य भई मानिस विहीनको जिल्ला बन्न पुग्ने देखिन्छ । यहाँका उच्च शिक्षाका लागि बाल बच्चा बाहिरिँदा अभिभावक पनि बाहिरिन पुगेका छन् ।
अहिलेका सरकारसँग न त स्पष्ट नीति छ । जनप्रतिनिधि नै तथ्याकं बेकम्वा भएपछि जनता विवश भएर थातथलो छाड्न विवश भएको रिब्दीकोट गाउँपालिकाका स्थानीय कमल आचार्य बत्ताउँछन् । सङ्घीय , प्रदेश र स्थानीय तहका सरकारका जनप्रतिनिधिले यसलाई गंभिर विषय नलिए आगामी निर्वाचनमा मतदाता भन्दा उम्मेदवारको संख्या बढी हुनेछ ।