Butwal Today

सभामुखलाई बुझाइयो खतिवडाको राजीनामा पत्र

२८ श्रावण २०८२, बुधबार
अ+
अ-

 काठमाडौं ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसद्‍को रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका थिए भने भोलिपल्ट बुधबार सभामुखलाई लिखित रूपमा राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा पत्रमा खतिवडाले लेखेका छन्, “मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु।”

राजीनामा घोषणा र औपचारिक पत्र बुझाउने कार्य लगभग एकै साता दिनभित्र सम्पन्न भएको हो। खतिवडाले आफ्नो राजीनामाको स्पष्ट कारण भने सार्वजनिक रूपमा उल्लेख गरेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?