ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
लुम्बिनी प्रदेश

गठबन्धनमा माओवादीले माग्यो लुम्बिनीको मुख्यमन्त्री

१८ मंसिर २०७९, आइतबार
१८ मंसिर २०७९, आइतबार

बुटवल, १८ मंसिर ।

सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने माग गरेको छ ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं रोल्पा क्षेत्र नं. १ बाट विजयी प्रदेश सभा सदस्य जोखबहादुर महराले पार्टीले आफुलाई नै मुख्यमन्त्री मन्त्रीको रुपमा अगाडि सार्ने तयारी गरेको पनि बताए । “लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दावी रहन्छ, यसबारे पार्टीमा समेत छलफल भैसकेको छ”–उनले भने ।

पार्टी अध्यक्ष प्रचण्ड लगायत अन्य उच्चतहका नेताहरुसँग यसबारे छलफल भएको जानकारी दिंदै महराले संघदेखि प्रदेश सरकारसम्म भागबण्डा हुने र त्यसो हुँदा लुम्बिनीको मुख्यमन्त्री माओवादीले पाउने दावी गरे ।

पार्टीले मुख्यमन्त्रीमा आफुलाई अगाडि सार्ने र त्यसका लागि आफू लुम्बिनी प्रदेशबासीको भावना अनुसार नेतृत्व गर्न सक्ने पनि महराले बताए । लुम्बिनी प्रदेशसभामा विजयी माओवादी प्रदेशसभा सदस्यहरुमा स्थायी समिति सदस्य महरा नै सिनियरहुन् । तर लुम्बिनी प्रदेशबाट मुख्यमन्त्रीको दावेदारका रुपमा पाल्पा २ (२) बाट निर्वाचित तुलाराम घर्ती र दाङबाट निर्वाचित इन्द्रजित चौधरी पनि दावेदार रहेको माओवादी श्रोतले बताएको छ ।
को हुन् प्रदेश सभा सदस्य जोखबहादुर महरा

प्रदेश सभा सदस्यमा निर्वाचित जोखबहादुर महरा वि.सं. २०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ५ साविक गजुल गा.वि.स –२ मा जन्मिएका हुन् । महराले २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातक उत्तीर्ण महाराले राजनीतिमा लाग्नु पूर्व र लागेपछि पनि लामो समय प्र.वि. र मा.वि. शिक्षकको रुपमा अध्यापन गरेका थिए । अध्यापनसँगै राजनीतिमा पनि सक्रिय बनेका महरा २०४२ सालमा अनेरास्ववियु दाङको सचिव बने । त्योसँगै नेकपा मसालको पार्टी सदस्य लिएका उनी २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य, २०४७ सालमा नेकपा मसालको रोल्पा जिल्ला समिति सदस्य हुँदै २०५० सालदेखि पार्टीमा पूर्णकालीन कार्यकर्ता बनेका थिए ।

२०५१ सालमा ने.क.पा. माओवादी को रोल्पा जिल्ला सेक्रेटरी बनेका उनी २०५४ सालमा क्षेत्रीय व्यूरो सदस्य र २०५६ सालदेखि चार वर्ष पार्टीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेका थिए । २०६० सालमा माओवादी केन्द्रीय सदस्य बनेका महरा २०६४ मा समानुपातिक तर्फबाट संविधान सभा सदस्य भएर संसद प्रवेश गरेका थिए ।

संविधानसभा सदस्य बन्नुअघि २०६२ देखि २०६५ सम्म पार्टी अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव बनेका उनी २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पुनः उनको प्रमुख स्वकीय सचिव बनेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?