ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

निहुरो र डौँडे बेचेर घर खर्च

३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

गुल्मी, ३२ असार ।

जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निहुरो र डौँडे बिक्री गरेर घर खर्च चलाउने गर्दछन् । उनीहरूले वर्षौँदेखि वन जङ्गलमा पाइने जडीबुटीजन्य तरकारी निहुरो र डौँडेलाई सङ्कलन गर्ने र त्यसलाई बिक्री गरेर घरमा नुन तेलको जोहो गर्दै आइरहेका छन् । उनिउँ प्रजातिको एक प्रकारको वनस्पतिको रूपमा चिनिने निहुरो र डौँडेलाई तरकारी र अचार खानका लागि निकै स्वादिलो मानिन्छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा बसोबास गर्दै आइरहेका विपन्न कुमाल समुदायहरू बढी मात्रामा यो पेसासँग जोडिँदै आइरहेका छन् । जेठ महिना सुरु भएपछि असोज महिनासम्म वन पाखाहरूमा प्रशस्त मात्रामा निहुरो र डौँडे पाइने गर्दछ । मानिसहरू बिहानै उठेपछि डोको र नाम्लो बोकेर जङ्गलसम्म पुगेर डोको भरी निहुरो र डौँडे टिपेर फर्कने गर्दछन् । यस क्षेत्रमा बसोबास गर्ने कुमाल समुदायसँगै अन्य विपन्न परिवारका मानिसहरूको दिन चर्या दिनभर जङ्गल र पाखाहरूमा निहुरो टिपेर बित्ने गर्दछ ।

जङ्गल र खोला खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो र डौँडे पाइन्छ । एक दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका कुमाल समुदाय वर्षौँदेखि यो पेसालाई अँगाल्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निहुरो दोस्रो दिन बिहानै बिक्रीका लागि स्थानीय बजारदेखि सदरमुकाम तम्घाससम्म ल्याई पुराउने गर्दछन् ।
जिल्लाको अर्जै, घमिर, अर्खाबाङ्, नेटा, ह्वाङ्दी, लगायतका जङ्गलहरूमा प्रशस्त मात्रामा निहुरो र डौँडे पाइने गर्दछ ।

विपन्न परिवारहरूको लागि यो यति बेला राम्रो आम्दानीको मुख्य श्रोत बनेको छ । आफूले निहुरो र डौँडे बिक्री गरेर मासिक ३० हजार रूपैयाँसम्म कमाउने गरेको जिल्लाको इस्मा गाउँपालिका –५ की सरस्वती मुखिया बताउँछिन् । उनलाई यसैबाट घर खर्च चलाउन निकै सजिलो भएको छ ।

एक मुठा निहुरो र डौँडेलाई ५० रुपैयाँमा बिक्री गर्ने गरेको मुखियाले बताइन । “दिनभर जङ्गलमा पुगेर टिप्ने हो, झरी, घाम, सर्प सबैबाट जोगिनुपर्छ, टिपेर ल्याएपछि बिक्री गर्न त गाह्रो छैन, घर खर्च चलाउन कसैसँग सापट माग्नु परेको छैन,” उनले भनिन् । जङ्गलबाट टिपेर ल्याएका वस्तुहरूको गाउँमा खासै महत्त्व नहुने भएका कारण त्यसलाई डोकोमा बोकेर बिक्रीका लागि सदरमुकाम तम्घाससम्म ल्याउने गरिन्छ ।

यसलाई उत्पादन गर्न कुनै लगानी गर्नु नपर्ने, जङ्गलमा पुगेपछि सित्तैमा टिप्न पाइने र बजारमा राम्रो मूल्य पर्ने भएका कारण उनीहरूलाई यो राम्रो आम्दानी गर्ने माध्यम बनेको छ । जङ्गलबाट टिपेर ल्याएको निहुरो र डौँडेलाई सुरुमा साना साना मुठा बनाउने र त्यसलाई डोकोमा बोकेर बिक्रीका बजारसम्म पुराउने गरिन्छ ।

एउटा डोकामा एक सय तीसदेखि एक सय ५० सम्म निहुरोका मुठाहरू अट्ने गर्दछन् । निहुरोको तुलनामा डौँडे अलि मोटो हुन्छ । यसले राम्रो मूल्य पाउने गरे पनि यसलाई टिप्न भने गाह्रो काम भएको इस्मा अमरपुरकी सिता कुमालले बताइन । “दिनभर जङ्गलमा जाने हो, पानी परेको बेला रुझ्दै टिप्नु पर्छ, जङ्गलमा जुकाले टोकेर हैरान पुराउँछ, सित्तैमा भेटिन्छ भनेर के गर्नु यसमा पैसासँग दुःख पनि धेरै छ, उनले भनिन् ।

सिता मुखिया मात्र हैन उहाँसँगै पसिना पुछ्दै डोकोमा निहुरो बोकेर सदरमुकाम आइपुगेकी चमेली राना निहुरो र डौँडे बिक्री गरेपछि घर फर्कँदा नुन, तेल र साबुनदेखि बच्चा बच्चीलाई कापी कलम समेत किनेर लैजाने गरेको बताइन । “आम्दानी नहुने हामीजस्तालाई घर खर्च चलाउन निकै सजिलो भएको छ” उनले भनिन् ।

बर्खाको समयमा जङ्गलदेखि निहुरो टिपेर दुई दिनको समय खर्चेर सदरमुकामसम्म आउन उहाँहरूलाई त्यत्ति सहज भने छैन । तर पनि उनीहरूको यो पेसालाई भने कहिल्यै घामपानीले छेकेन । गुल्मीको निहुरो डौँडे सदरमुकाम तम्घासमा मात्र हैन बुटवलका हाटबजारसम्म पुग्ने गर्दछ । आफन्तहरूलाई कोसेलीको रूपमा पनि यसलाई खोजी खोजी पठाउने प्रचलन छ ।

बजारमा विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका मानिसहरूका लागि पहाडको जङ्गलबाट टिपेर ल्याएको अर्ग्यानिक वस्तुहरूको बजारमा प्रशस्त मात्रमा माग हुने गर्दछ । निहुरो र डौँडेबाट अचार, तरकारी र चुकौनी लगायतका परिकारहरू बनाउन सकिने र ती परिकारहरू निकै मिठो र स्वादिलो हुने गरेको स्थानीय हरिप्रसाद शर्माले बताए । यसलाई बिक्री गरेर यस क्षेत्रका विपन्न कुमाल समुदायले सिजनमा न्यूनतम दश हजारदेखि तीस हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । यस क्षेत्रमा विशेष गरी डाँठे, झुसे र कान्ले गरी तीन प्रकारका निहुरो पाइनछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?