© २०२३
काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया अझै केही समय लम्बिने संकेत दिएका छन्। आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको बैठकमा बोल्दै मन्त्री पन्तले, केही विषयमा अझै छलफल आवश्यक रहेको भन्दै विधेयक पारितमा थप समय माग गरेका हुन्।
उनले शिक्षक महासंघसँगको विवादमा ६०/४० को समझदारीमा पुगिएको जानकारी दिँदै, अन्य प्रावधानमा सहमति जुटाउन छलफल जारी रहेको बताएका छन्। “आजको बैठकमा विधेयक टुंग्याउने भनिएको भए पनि केही विषयमा अझै समय चाहिएको छ,” मन्त्री पन्तले भने।
शिक्षा विधेयक विगत केही महिनादेखि विवादित बनेको छ। विशेषगरी शिक्षक समायोजन, नियुक्ति प्रक्रिया, शैक्षिक संरचना, स्थानीय सरकारको अधिकारलगायतका विषयमा तीव्र बहस चल्दै आएको छ।