© २०२३
काठमाडौं ।
काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका एक सातामै रिहा भएका छन्। चेक बाउन्सको आरोपमा गत १३ असारमा पक्राउ परेका भेटवाललाई अदालतले म्याद थप नगरेपछि १९ असारमा प्रहरीले छाडेको हो।
पक्राउ परेपछि उनी तत्कालै अस्पताल भर्ना भएका थिए। सोही दिनबाट म्याद गणना हुने गरी १५ असारमा ६ दिनको म्याद थप गरिएको थियो। तर, स्वास्थ्यको कारण देखाउँदै म्याद थप गर्न अदालतले अस्वीकार गरेपछि थप अनुसन्धानका लागि प्रहरीसँग अधिकार रहेन।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, “स्वास्थ्यका कारण देखाउँदै अदालतबाट म्याद थप भएन। त्यसपछि हामीले केही गर्न सक्दैनौं।”
भेटवालमाथि करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको उजुरी परेको थियो। उनी काठमाडौं भ्यू टावर निर्माणमा ढिलाइ, अनियमितता र कानुनी विवादका कारण लामो समयदेखि आलोचित छन्।