ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

कृषि ज्ञान केन्द्र गुल्मीद्वारा उत्कृष्ट कृषक सम्मान

२२ असार २०८२, आइतबार
२२ असार २०८२, आइतबार

गुल्मी, २२ असार ।

कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा व्यावसायिक रूपमा कृषि कर्म गर्ने उत्कृष्ट कृषकहरू सम्मान गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत “कृषक सम्मान” कार्यक्रम अन्तर्गत चार वटा विधाबाट एक एक जना गरी चार जनालाई नगद राशि सहित सम्मान गरिएको हो । यसरी सम्मानित हुने उत्कृष्ट कृषकहरूमा तरकारी विधाबाट रेसुङ्गा नगरपालिका –६ सिमाहाघाट स्थित नवोदय बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्की एवं फलफूल विधाबाट धुर्कोट गाउँपालिका –२ पिपलधारा स्थित मौरी तथा सुन्तला फर्मकी सञ्चालक रातादेवी खनाल रहेका छन् । त्यसै गरी च्याउ विधाबाट छत्रकोट गाउँपालिका –४ रुक्से स्थित द–हिमालयन एग्रोफर्म नेपालका सञ्चालक कृष्णप्रसाद कँडेल र मौरी विधाबाट रेसुङ्गा नगरपालिका –८ स्थित रेसुङ्गा कृषि, पशुपन्छी तथा मौरी पालन फर्मका सञ्चालक विष्णुमाया श्रीस रहेकी छन् ।

मौरी विधाबाट सम्मानित हुने विष्णुमायाले मौरी गोला र घार बिक्रीबाट वािर्षक ५ लाख बराबरको कारोवार गर्दै आएको बताएकी छन् भने तरकारी बिधाबाट उत्कृष्ट हुने रेणु सार्कीले आफूले वार्षिक रूपमा २५ देखि ३० लाखसम्मको कारोवार गर्दै आएको बताएकी छन् । त्यसै गरी फलफूल विधाबाट सम्मानित हुने तारादेवी खनालले २९ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेर वार्षिक १४ देखि १५ लाख रुपैयाँसम्मको कारोबार गर्दै आएको बताएकी छन् भने च्याउ विधाबाट सम्मानित हुने कृष्णप्रसाद कँडेलले वार्षिक १२ देखि १४ लाखसम्मको कारोबार गर्ने गरेको बताए ।

कार्यालयले रेसुङ्गा नगरपालिका –६ सिमाहाघाट स्थित नवोदय बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्कीलाई यस वर्षको सर्वोकृष्ट कृषकको रूपमा नगद रु दश हजार रुपैयाँ सहित सम्मान गरेको थियो भने अन्य कृषकहरूलाई पाँच/पाँच हजार रुपैयाँ सहित सम्मान गरेको थियो । कृषक सम्मानका लागि कृषि ज्ञान केन्द्र गुल्मीले गत पुस महिनामा पन्ध्र दिने सूचना प्रकाशित गरी कृषकहरूबाट निवेदन आव्हान गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताए । उक्त सम्मानका लागि कार्यालयमा १६ जना कृषकहरूले निवेदन पेस गरेका थिए । छनौट प्रक्रियाका लागि कार्यालयको तर्फबाट तीन जनाको मूल्याङ्कन समिति गठन गरी सम्बन्धित पालिकाका कृषि शाखा प्रमुख वा प्रतिनिधिहरूको रोहवरमा उत्कृष्ट कृषकहरूको छनोट गरिएको बताइएको छ ।

छनौट प्रक्रिया अन्तर्गत गरिएका मूल्याङ्कनका मुख्य आधारहरूमा समावेशी, आबद्धता समय, उत्पादन हुने क्षेत्रफल, फर्म दर्ता, उन्नत प्रविधि, समूहमा आबद्धता, कृषि यान्त्रिकीकरणको प्रयोग, तालिम, स्थलगत अनुगमन लगायतका सूचकहरू रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्रसार अधिकृत शिवप्रसाद बन्जाडेले जानकारी दिएका छन् ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धिताल सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका प्रमुख रमेश जैसवालले सम्मानित हुने कृषकहरू बधाई दिँदै कृषकहरूलाई आगामी दिनमा अझ थप क्रियाशील बनी अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।गुल्मी जिल्लामा हाल व्यावसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरू एक सय ४५, सुन्तला खेती गर्नेहरू एक सय ९७ जना, मौरी पालन गर्नेहरू २५ र च्याउ खेती गर्नेहरू १२ जना रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?