ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बाणगंगामा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार

जितपुर, २१ असार ।

बाणगंगा नगरपालिका–८ मा ‘मानव र वन्यजन्तुबिचको द्वन्द्व व्यवस्थापन’ विषयमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा बाणगंगा साहित्यिक प्रतिष्ठानको समन्वयमा आयोजित कार्यक्रम शनिबार मालिका मन्दिरको सभाहलमा गरिएको हो । प्रतियोगितामा बाणगंगा नगर क्षेत्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले मानव र वन्यजन्तुबिच बढ्दो द्वन्द्वका कारण, समाधान र सहअस्तित्वका उपायहरूबारे प्रभावशाली अभिव्यक्ति प्रस्तुत गरेका थिए ।

वक्ताहरूले जङ्गल मिचाइ, मानव लापरबाही, खाद्य सङ्कट, र तीव्र सहरीकरणलाई द्वन्द्वका मुख्य कारणका रूपमा औँल्याउँदै समुदाय स्तरमै जनचेतना अभिवृद्धिको आवश्यकता रहेकोमा जोड दिएका थिए । प्रतियोगितामा बाणगंगा माध्यमिक विद्यालयकी प्रतीक्षा भण्डारी प्रथम भएकी छन्। उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन् । होराइजन स्कुलकी परिसा गौतम दोस्रो भइन् भने तेस्रो स्थानमा त्यही विद्यालयका आशिष परियार रहे। उनीहरूले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र पाए ।

त्यस्तै, ज्ञानपुञ्जका मिसन आचार्य र कपिलवस्तु विद्या मन्दिरकी श्रद्धा घिमिरेले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। उनीहरूलाई जनही २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिमबहादुर जि.सी.ले वातावरण संरक्षण र जैविक विविधता जोगाउन सामूहिक पहल आवश्यक रहेको बताए ।

उनले विद्यार्थीहरूमा यस्ता विषयप्रतिको चासो उत्साहजनक हुन आवश्यक रहेको बताए ।  उनले भने, “यसले भविष्यमा सचेत र उत्तरदायी नागरिक तयार पार्न सघाउँछ ।”विशिष्ट अतिथिका रूपमा बोल्दै बाणगंगा–८ का कार्यवाहक अध्यक्ष शैलेन्द्र बेल्बासेले वातावरणीय द्वन्द्व न्यूनीकरणमा समुदाय र विद्यालयको भूमिकालाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।

त्यसै गरी, मोतिपुर डिभिजन वन कार्यालयका प्रमुख एजाज आलमले वन्यजन्तु संरक्षणका लागि वैज्ञानिक उपायहरू अपनाउनुका साथै स्थानीय तहसँग सहकार्य गरी दीगो समाधान खोज्नुपर्ने बताए । “वन्यजन्तुलाई दोष दिने होइन, उनीहरूको बसोबास सुरक्षित गर्न हामीले पनि जिम्मेवारी लिनुपर्छ,” उनले जोड दिए ।

नव प्रभात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराज रेग्मीले मानव र वन्यजन्तुबिचको सम्बन्ध बिग्रँदै जानु चिन्ताको विषय भएको बताए । उनले भने, “वन हाम्रो जीवन र भविष्यसँग प्रत्यक्ष जोडिएको सम्पत्ति हो । यसको संरक्षण सबैको साझा कर्तव्य हो। विद्यार्थीहरूलाई यस्ता कार्यक्रममार्फत सचेत तुल्याउनु दीर्घकालीन दृष्टिले उपयोगी हुन्छ ।”
कार्यक्रम बाणगंगा साहित्यिक प्रतिष्ठानका सचिव हुमनाथ पौडेलले सञ्चालन गरेका थिए ।

निर्णायक मण्डलका अनुसार सहभागी वक्ताहरूको प्रस्तुति, भाषिक सशक्तता र विषयप्रतिको बुझाइ प्रशंसनीय रहेको थियो । आयोजक संस्थाका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे सोच्न उत्प्रेरित गर्नु रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?