Butwal Today

सवारी चालक अनुमतिपत्रका सबै सेवा बन्द, समस्या समाधान नभएसम्म सेवा नपाइने

२० असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवाहरू हाललाई बन्द गरिएका छन्। यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको हो।

विभागका अनुसार अनलाइन आवेदन प्रणाली, ईडीएल प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली सबै बन्द गरिएको छ। समस्या समाधानको काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवा नपाइने सूचनामा उल्लेख छ।

“आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जानकारी गराइन्छ,” विभागले भनेको छ। विभागले यसबाट सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?