ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मोनालिसा ब्युटी होमको २२औं वार्षिकोत्सव : २० हजारभन्दा बढी महिलालाई सीपमूलक तालिम

१९ असार २०८२, बिहीबार
१९ असार २०८२, बिहीबार

बुटवल, १९ असार । सीपमुलक तालिम दिएर महिला शसक्तिकरणमा योगदान दिदै आएको बुटवलको मोनालिसा ब्युटी होम एण्ड ट्रेडिङ सेन्टरले आफनो २२ औ वार्षिकोत्सव विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ । विहिबार बुटवलमा आधारभुत र एडभान्स तालिम लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण तथा एकआपसमा शुभकामना आदानप्रदान कार्यक्रम गरि दिवस मनाएको हो ।

कार्यक्रमको नेपाली कांग्रेस पार्टीका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्यले उद्घाटन गर्दै महिला सशक्तिकरणको महत्वपुर्ण पाटोका रुपमा संस्थाबाट योगदान दिएको बताए । महिलाहरु हरेक क्षेत्रमा अब्बल रहेको भन्ने स्थापित भएको भन्दै अवसर सृजना जरुरी रहेको बताए । संविधानमा सुनिश्चित गरिएको महिला प्रतिनिधित्वको कार्यान्वयन सुनिश्चित हुनुपर्नेमा जोड दिँदै निजी क्षेत्रबाट भइरहेको सीपमूलक तालिम कार्यक्रमहरूलाई राज्यबाट प्रोत्साहन गर्नुपर्ने उनले धारणा राखे । महिलाहरु आफ्नो क्षमता विकासमा जोड दिनुपर्ने सुझाव दिदै उनले सरकारबाट गरिनुपर्ने काम नीजि क्षेत्रबाट भैरहेको बताए ।

यस क्षेत्रमा दुई दशक बढी समयदेखी निरन्तर ब्युटिसियन पेशामा आवद्ध रहदै आउनुभएका उषाकिरण गुरुङ, रेनु श्रेष्ठ, जेनी श्रेष्ठ, रेनु कर्माचार्यलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो । सामाजिक विकास डिभिजन कार्यालय सिद्घार्थनगरको सहयोग र दिपशिखा ब्युटिपार्लरको ब्यवस्थापनमा वैशाख १ गतेदेखि जेठ २३ गतेसम्म महिला शसक्तिकरण तथा आयआर्जन कार्यक्रम अन्तरगत एडभान्स ब्युटिसियन तालिम तथा मोनालिसा ब्युटिपार्लरको ब्यवस्थापनमा आधारभुत ४५ दिने तालिम संचालन गरिएको हो ।

एउटा दक्ष पेशाका रुपमा पहिचान बनाएको यो पेशाको शुरुवाती चरणमा देखिएका समस्यादेखि हालसम्मको अवस्थाबारे प्रकाश पार्दै सेन्टरका संचालक तथा मुख्य प्रशिक्षक शान्ति शर्माले यो अवधिमा आफुले २० हजार बढीलाई सीपमुलक तालिम दिएको बताईन । धेरै आफनो जिविका यसैबाट चलाएको समेत उनले बताईन । ‘ब्युटिसियन पेशामा नाम र दाम दुबै छ । उनले भनिन । यो पेशामा एकअर्कामा सहकार्य जरुरी रहने भन्दै उनले अभिभावकको सम्मान सबैभन्दा अगाडी राख्न समेत सुझाव दिईन ।

४५ दिने आधारभुत ३० जना र ३० दिने एडभान्स तालिममा २५ जना सहभागी रहेको प्रशिक्षक सरिता गिरिले बताईन । तालिममा प्रशिक्षक कविता पराजुली, दिपा थापाको सहजिकरण गरेको उनले बताईन ।

कार्यक्रममा नेपाली काग्रेस पार्टीका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, नेपाली काग्रेस पार्टीका लुम्बिनी प्रदेशका सदस्य बालकुमारी भण्डारी, रिता सेनले महिलाको सीप र आत्मनिर्भरतामा योगदान दिने योजनाको प्रतिवद्धता सरकारबाट आउनुपर्ने बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?