ट्रेंडिंग:

>> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

महामन्त्री प्रकरणले नवलपरासी काँग्रेसमा हल्लीखल्ली

१८ असार २०८२, बुधबार
१८ असार २०८२, बुधबार

सुनवल, १८ असार ।

नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई केन्द्रीय अनुशासन समितिले कारबाहीको सिफारिस गरेपछि नवलपरासी काँग्रेस तरङ्गित भएको छ । खनालमाथि पूर्वाग्रही तवरले शक्तिको आडमा कारबाही सिफारिस गरिएको भन्दै जिल्ला कार्यसमिति खनालको पक्षमा देखिएको छ । जिल्ला तथा प्रदेश तहका नेताहरूले काँग्रेस केन्द्रीय सदस्यद्वय विनोद चौधरी र देवेन्द्रराज कंडेल माथि आक्रोश व्यक्त गरेका छन् ।

खनालले सोमबार पार्टी कार्यालय परासीमा पत्रकार सम्मेलनको आयोजना गरी इमानदारितापूर्वक पार्टी नीति अनुरूप काम गर्ने नेताकार्यकर्तालाई दण्डित गर्ने प्रयास सैह्य नहुने बताए । ‘कारबाही हुनुपर्ने कुनै कारण छैन, खनालले भने यदि हुनुपर्ने भए पनि त्यसमा विधि प्रक्रिया होला, जिल्लामा उजुरी गरेर प्रदेश हुँदै केन्द्रमा जानुपर्नेमा डनवाद, परिवारवाद र शक्ति केन्द्रको दबाबमा मलाई कारबाही हुन लागेको अफवाह फैलाइँदै छ, यस्ता क्रियाकलाप गर्नेलाई कारबाही हुनुपर्छ ।’

नवलपरासीमा गत निर्वाचनमा पार्टीका उम्मेदवार विनोद चौधरी, देवेन्द्रराज कँडेल, देवकरण कलवारलाई हराउन भूमिका खेलेको भन्दै निलम्बनसहित कारबाहीको सिफारिस भएको स्रोतले जनाएको छ । तर खनालले आफ्नो क्षेत्रमा चुनाव लड्ने तयारी गर्दागर्दै विनोद चौधरीलाई सुरुमा कार्यकर्ताकै भावना अनुरूप विरोध गरेको भए पनि पार्टीले टिकट दिएपछि चुनाव जिताउन लागिपरेको पत्रकार सम्मेलनमा दाबी गरे । ‘आम निर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउन प्रतिबद्ध भएर लागेको हुँ, निर्वाचन क्षेत्र नम्बर एकको नतिजाले त्यो स्पष्ट हुन्छ,’ खनालले भने । काँग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंण्डेलप्रति ईगिंत गर्दे महामन्त्री खनालले आफूलाई सकायो भने अरू नेता कार्यकर्तालाई पनि तर्साउन सकिन्छ कि भनेर कारबाहीको दुष्प्रयास गरिएको टिप्पणी गरे ।

महामन्त्री खनालले पार्टीमा नवधनायढ्यवाद, डनवाद, अकुत सम्पत्ति कमाउने, सार्वजनिक सम्पत्ति दोहन गर्ने जस्ता अनेकौँ अराजकता मौलाएको भन्दै त्यसका विरुद्ध सधैँ आवाज उठाइरहने बताए । सो क्रममा काँग्रेस नेता तथा प्रदेश सभा सदस्य विश्व प्रेम पाठकले काङ्ग्रेसले पछिल्लो समय ठिक रवैया नदेखाएको भन्दै पैसाको प्रभावमा महामन्त्री खनालमाथि कारबाही गर्न खोजिएको दाबी गरे । जिल्ला सभापति अर्जुन कुमार पोखरेलले जबरजस्ती हेपाह प्रवृत्ति देखाएर केन्द्रीय सदस्य चौधरीले पार्टीमा अराजकता सृजना गर्न खोजेको भन्दै नवलपरासीमा कुनै योगदान नभए पनि पैसाको बलमा चुनाव लडेर जनप्रतिनिधि बनेको आरोप लगाए ।

काँग्रेस नवलपरासीका प्रवक्ता राधेश्याम पाठकले केन्द्रीय सदस्य चौधरी र कंण्डेल प्रति कडा आक्रोश व्यक्त गरे । पैसाको बलमा विनोद चौधरीले चुनाव जितेको बताउँदै पाठकले चौधरीलाई ‘अन्तर्राष्ट्रिय ठग’ को संज्ञा दिए ।
जिल्ला सचिव उमेशचन्द्र यादवले विनोद चौधरी, देवकरण कलवार सन्तुले काँग्रेसबाट चुनाव जितेको भए पनि आफूहरूले स्थानीय सरकारमा बसेर अनुभूति गर्न नपाएको बताउँदै विक्रम खनालको पक्षमा एक हुन आह्वान गरे ।

जिल्लामा परेको उजुरीको आधारमा जिल्ला अनुशासन समितिले केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंण्डेल सहित गुणनिधि तिवारी, मोहन शर्मा, श्रीधर बस्याल लगायत सात जनलाई कारबाही सिफारिस गरेको छ । सचिव कुलदिप आचार्यका अनुसार जिल्लाबाट निर्णय भएर प्रदेश हुँदै केन्द्र सम्म चुनावमा गरेको अन्तरघातको प्रमाण सहित पठाएको भए पनि कुनै कारबाही भएको छैन् ।

‘जसलाई कारबाही हुनुपर्ने हो, जिल्लामा परेको उजुरी प्रमाण सहित विधि प्रक्रिया अनुरूप पठाएका छौँ, त्यो कार्यान्वयन हुन्न तर केन्द्रबाट सिधै कसैको दबाबको आधारमा इमानदार नेतामाथि कारबाही गर्न खोजिएको छ, आचार्यले भने ।’
काँग्रेस नवलपरासीमा लामो समयदेखि केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंण्डेल र संविधानसभा सदस्य तथा पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालको गुटगत टकराव छ । जिल्लामा विक्रम खनाल पक्षधर नेताहरूले अहिले विक्रम खनालको पक्षमा रहेको भन्दै सामाजिक सञ्जालमा अभियान चलाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?