Butwal Today

मानव बेचबिखन तथा ओसार पसारमा संलग्न ४ जना पक्राउ 

१७ असार २०८२, मंगलवार
अ+
अ-

रुपन्देही, १७ असार ।

नेपालको रुपन्देही जिल्लाको सीमा नाका बाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा संलग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ । आइतबार अन्दाजी २:३० बजेको समयमा  लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १३ कालिदह नाकाबाट ३ जना बालबालिकालाई ललाइ फकाइ भारत तर्फ लैजाँदै गरेको अवस्थामा शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरीले उद्द्वार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

मानव बेचबिखन तथा ओसार पसारमा संलग्न ४ जना भारत उत्तर प्रदेश जिल्ला गोरखपुर कैम्पियर्गंज बस्ने ३८ बर्सकी गीता गौड, सोही क्षेत्रमा बस्ने १९ बर्सकी नेहा पान्डे, सोही स्थानमा बस्ने २६ वर्षीय प्रमोद कुमार धोबी, रुपन्देही  जिल्लाको गैंडहवा गाउँपालिका वडा नं ६ मा बस्ने १९ बर्सकी निर्मला लोधलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?