ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

चार जीपीए ल्याउने ११ सहित तीन सय विद्यार्थीलाई न्यू होराइजनले ग-यो सम्मान

१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार

बुटवल, १७ असार ।

न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको छ ।

सोमबार विद्यालयमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य उपाध्यायले गुणस्तरीय शिक्षाका लागि विद्यालय सधैँ दत्तचित्त रहेको बताए ।

शिक्षक, विद्यार्थी र अभिभावकहरुको मेहेनतकै कारण संस्थागततर्फ बुटवलमा पहिलो र न्यू होराइजनको इतिहासमै सर्वोकृष्ट नतिजा आएको उनले बताए । यहाँ अध्ययन गर्न चाहाने विद्यार्थीका लागि छात्रवृतिको समेत व्यवस्था गरिने उनले बताए । विद्यालयका अध्यक्ष कसजुले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगति एवं उज्जवल भविष्यको शुभकामना प्रदान गरे ।

कार्यक्रममा बोल्दै ४ जीपिए ल्याएका विद्यार्थी बेदान्त गौतमले न्यू होराइजनमा अध्ययनका लागि उत्कृट शैक्षिक वातावरण रहेको बताए । साथै उनले आगामी शैक्षिक यात्रापनि यसै विद्यालयबाटै अघि बढाउने योजना बनाएको बताए । यस्तै अभिभावक गंगाराम भट्टराई र सुमित्रा शर्मा लागायतले बोल्दै हरेक वर्ष उत्कृट नतिजा र राम्रो शैक्षिक वातावरण भएका कारण बुटवल बाहिरका विद्यार्थी र अभिभावकको रोजाइमा न्यू होराइजन पर्ने गरेको बताए ।

एसईई पछिको उच्चशिक्षामा बालबालिकाहरुको रुचि र चाहाना अनुसारको विषय छनोट गरी भर्ना गरेमा सफल हुन सकिने बताउँदै उत्कृष्ट नतिजाका लागि विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे । एसईईमा न्यू होराइजनबाट ११ जना बिद्यार्थीले ४ जीपीए, १२५ जना बिद्यार्थीले ‘ए प्लस’, ९९ जना बिद्यार्थीले ‘ए’, ५९ जना विद्याथीले ‘बि प्लस’ र ६ जना बिद्यार्थीले ‘बि’ ग्रेड ल्याउन सफल भएको विद्यालयका उपप्राचार्य बासुदेव अर्यालले जानकारी दिए । साथै कक्षा ११–१२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्ययन गर्न चाहाने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार तथा दक्ष, अनुभवी एवं पूर्णकालीन प्राध्यापकसँगै उत्कृष्ट वातावरण रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, शिक्षक प्रकाश गौतमलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?