ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

सिद्धिविनायकले निकाल्यो खुसियाली -याली

१५ असार २०८२, आइतबार
१५ असार २०८२, आइतबार

बुटवल, १५ असार ।

विद्यालय शिक्षा परीक्षा (एसइई) मा आफ्नो विद्यार्थीले उत्कृष्ट नतीजा ल्याएको खुसियालीमा बुटवल– १५ सेमलारस्थित सिद्धिविनायक सेकेन्डरी स्कुलले आइतबार ¥याली निकालेको छ । सिद्धिविनायक स्कुलबाट २०८१ सालको एसइईमा सहभागी भई स्वेता शर्माले जीपीए ४ हासिल गरेकी छन् । यो विद्यालयबाट एसइईमा जीपीए ४ ल्याउने स्वेता एक्ली छात्रा हुन् ।

उत्कृष्ट नतीजा हासिल गरेको भन्दै विद्यालयले स्वेतालाई गोल्ड मेडलबाट सम्मान गरेको छ । विद्यालयबाट ३० जनाले एसइई दिएकोमा २७ जना कक्षा ११ मा भर्ना हुन योग्य भएको प्राचार्य खुमानन्द वाग्लेले जानकारी दिए । विद्यालयबाट जीपए ४ सहित ७ जना ए प्लस, १४ जना ए, २ जना बि प्लस र एकजना बि ग्रेड ल्याई उत्तीर्ण भएका छन् । प्राचार्य वाग्लेले यो सफलताका लागि सम्पूर्ण शिक्षकको टिम, अभिभावक तथा विद्यार्थीहरुको लगनशीलता र मेहनतबाट मात्रै सम्भव भएको बताए ।

विद्यालयले स्वेतासँगै एसइईमा सफल सबै विद्यार्थी र उनीहरुका अभिभावकलाई पनि सम्मान गरेर खुसियाली ¥याली निकालेको हो ।

विद्यालय परिसरबाट बाजागाजासहित सुरु भएको खुसियाली ¥याली सेमलार बजार परिकर्मा गरी पुनः विद्यालयमै पुगेर टुंगिएको थियो । ¥यालीमा विद्यालयका शिक्षक, सञ्चालक, विद्यार्थी, अभिभावकसहित स्थानीयको पनि सहभागिता थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन खत्रीले शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त मेहनत र प्रयासले यो सफलता प्राप्त भएको बताए ।

विद्यालयका सञ्चालक कृष्णप्रसाद उपाध्यायले विद्यालयले शैक्षिक क्षेत्रमा फड्को मार्दै गएकाले थप पूर्वाधार विकास गरी शैक्षिक गुणस्तरमा थप वृद्धि गर्दै लगिने बताए । जीपए चार हासिल गर्न सफल स्वेताका बुबा टिकाराम शर्माले नर्सरीबाटै आफूले छोरीलाई यही विद्यालयमा भर्ना गरेको भन्दै विद्यालयको शैक्षिक वातावरण राम्रो रहेको आफूले पाएको बताए । शिक्षिका बिन्दु लम्सालले विद्यालयले प्राप्त गरेको सफलतालाई आगामी दिनमा पनि कायम राख्ने गरी अगाडि बढिने बताइन् ।

२०५६ सालमा स्थापना भएको यो विद्यालयमा हाल ५२० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले यसअघि आफ्नो रजत जयन्ती समेत मनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?