© २०२३
बुटवल, १५ असार । लुम्बिनी प्रदेश मोटर ड्राइभिङ्ग स्कूल संघको साधारण सभा तथा दोश्रो अधिवेसनबाट प्रमोद थापाको अध्यक्षतामा आगामी चार बर्षका लागि १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन । शनिबार भएको अधिवेसनबाट उपाध्यक्ष ऋषिराज लहरे, संजय कुमार बानिया, सेराज अहमद, सचिव सरोज पाण्डेय, सहसचिव शुसन वली, कोषाध्यक्ष कृष्ण प्र.बस्याल तथा सदस्यहरुमा बादल के.सी, सपना हमाल, माया पाण्डे, सुमन पन्त, गंगा ब. कुवर, लक्ष्मण पोख्रेल निर्वाचित भएका छन ।
कार्यक्रमको ड्राइभिङ्ग स्कुल संघ नेपालका केन्द्रिय महासचिव गोविन्द प्रसाद ढकालले उद्घाटन गर्दै प्राविधिक शिक्षा दिदै आएको संघलाई सरकारबाट उपेक्षा गरिएको बताए ।
कार्यक्रममा ड्राइभिङ्ग स्कुल संघ नेपालका केन्द्रिय सल्लाकार लालचन्द्र बन्जाडे, कविन्द्रमान श्रेष्ठ, पूर्व केन्द्रिय उपाध्यक्ष विष्णु विश्वकर्मा, लुम्बिनीका सल्लाहकार गोपालमणी ज्ञवाली केन्द्रिय सदस्य गिता अर्याल पन्त, लुम्बिनी प्रदेश सचिव खुमराज खड्का, लुम्बिनी प्रदेश अध्यक्ष धन बहादुर अधिकारीले प्राविधिक शिक्षामा सहयोग गर्ने संघसंस्थाहरु एकतावद्ध भएरु लाग्नुपर्ने बताए ।