© २०२३
काठमाडौँ ।
२२औं राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशको समुन्नतिको आधार कृषि भएको उल्लेख गर्दै, ‘हिलोमा नपसी समुन्नति सम्भव छैन’ भन्ने धारणा व्यक्त गरेका छन्।
ललितपुरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री अधिकारीले अहिलेको पुस्ताले जुत्ता, चप्पल भिज्ने डरले हिलोमा नपस्ने प्रवृत्ति अपनाएको भन्दै त्यस्तो सोचले देशको विकास सम्भव नहुने बताए। उनले भने, “हामी सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने सोच बोकेका छौँ, तर जबसम्म हामी हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन।”
उनले धान बालीलाई अनुसन्धान र परिष्करण गर्दै अघि बढाउन सकेमा नेपाललाई धानमा आत्मनिर्भर बनाउन सकिने धारणा राखे। साथै, राज्यले मलजस्ता आधारभूत इनपुटहरू सहज रूपमा उपलब्ध गराउने दायित्व पूरा गर्नुपर्नेमा पनि जोड दिए। मलको अभाव र समयमा आपूर्ति नहुनु किसानको जायज गुनासो भएको स्वीकार गर्दै मन्त्री अधिकारीले उत्पादन वृद्धिको मूलचाबी वैज्ञानिक र सहजीकरण भएको उल्लेख गरे।