ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

काँग्रेसका प्रदेश र सङ्घका मन्त्रीलाई बहिष्कार गर्ने निर्णय

१५ असार २०८२, आइतबार
१५ असार २०८२, आइतबार

कृष्णनगर, १५ असार ।
कपिलवस्तुमा नेपाली काँग्रेसले निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसको तर्फबाट भएका लुम्बिनी प्रदेश सरकार र सङ्घ सरकारका मन्त्रीहरूलाई बहिष्कार गर्ने निर्णय गरेको छ ।  शनिबार नेपाली काँग्रेस कृष्णनगर नगर समितिले यस्तो निर्णय गरेको छ । प्रदेश र सङ्घ सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट विनियोजन गर्दा कृष्णनगर नगरपालिका लगायत सम्पूर्ण क्षेत्र नम्बर ३ को प्रदेश सभा (१) र (२) क्षेत्रसमेत बेवास्ता गरेको भन्दै मन्त्रीहररुलाई बहिष्कार गरेको नेपाली काँग्रेस कृष्णगर नगर समितिका सभापति विनय गिरीले जनाए ।

सरकारले बजेट बाँडफाँड गर्दा पूर्ण रूपमा विभेद, अवहेलना गरेको नेपाल काँग्रेस कृष्णनगर नगर समितिको ठहर छ । यस क्षेत्रमा तीन ओटै पालिकाहरू मध्ये कृष्णनगर नगरपालिकामा मात्र नेपाली काँग्रेसको प्रतिनिधित्व भए पनि प्रदेश मन्त्रीहरूले बजेट विनियोजनमा बेवास्ता गरेको हुँदा अब आउने दिनहरूमा ती मन्त्रीहरूलाई यस पालिकामा पार्टीको कुनै पनि कार्यक्रममा निषेध गरिएको जनाइएको छ । यस्तै कुनै स्वागत, सम्मान नगरि बहिष्कार गर्ने निर्णयसमेत पार्टीले गरेको छ ।

यसैगरी नेपाल काँग्रेसले बन तथा भु–संरक्षण राज्य मन्त्री रूप विकालाई समेत बहिष्कार गर्ने निर्णय गरेको छ । क्षेत्र नम्बर ३ को समानुपातिकतर्फबाट विक सांसद भई मन्त्री समेत भएर पनि यस क्षेत्रमा नेपाली काँग्रेसको माग अनुसार बजेट विनियोजन नगराएको हुँदा बहिष्कार गरिएको हो । उनलाई पनि कुनै स्वागत, सम्मान नगर्ने र आउने दिनमा यस क्षेत्रमा कुनै पनि कार्यक्रममा सहभागी नगराउनुको साथै निषेध गरिएको पार्टीले जनाएको छ ।

नेपाली काँग्रेसको बैठकमा जिल्ला सभापति अब्दुल कलाम, महासमिति सदस्य बिरेन्द्र कुमार कनोडिया, क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्याय, महासमिति सदस्य दिपक शुक्ल, ३ (२) का क्षेत्रीय सभापति मुक्तेश्वर मिश्र, महासमिति सदस्य अकिल मियाँ, महाधिवेशन प्रतिनिधि घनश्याम बनिया लगायतको उपस्थिति थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?