Butwal Today

लामिछानेका पक्षमा ‘ऐक्यबद्धता डेस्क’ काठमाडौंका १४ स्थानमा स्थापना

१३ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको समर्थनमा काठमाडौंमा हस्ताक्षर संकलन अभियान थालेको छ। पार्टीले लामिछानेमाथि सरकारद्वारा “राजनीतिक प्रतिशोध” साँधिएको दाबी गर्दै, त्यसको विरोधस्वरूप ‘ऐक्यबद्धता डेस्क’ स्थापना गरेको हो।

शुक्रबार राजधानीको कलंकीबाट अभियानको सुरुवात गरिएको छ, जहाँ रास्वपाका नेताहरूको उपस्थिति थियो। सो अभियान अन्तर्गत शुक्रबारदेखि काठमाडौंका १४ स्थानमा ऐक्यबद्धता डेस्क सञ्चालनमा ल्याइएको पार्टीले जनाएको छ।

रास्वपाका सभापति लामिछाने हाल बुटवलको सुप्रिम सहकारी घोटाला र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो।

रास्वपाले लामिछानेविरुद्धको मुद्दालाई कानुनी भन्दा पनि राजनीतिक हिसाबकिताबको रूपमा व्याख्या गर्दै समर्थन जुटाउन नागरिक स्तरबाट दबाब सिर्जना गर्ने प्रयास थालेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?