© २०२३
बुटवल, १३ असार । यातना पीडितहरुको सहायतार्थ राष्ट्रसंघीय दिवस तथा लागुऔषध दुव्र्यसन विरुद्ध अन्तराष्ट्रिय दिवस (२६ जुन) कार्यक्रम गरिएको छ । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा दिवसको अवसरमा बुटवल योगिकुटीस्थित मणिमुकुन्द कलेजमा यातना विरुद्ध र लागुऔषध÷मदिरा दुव्र्यसन विरुद्ध सचेतता कार्यक्रम गरेको हो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य लालहरी पाण्डेले लागुऔषध दुव्र्यसन विरुद्ध अन्तराष्ट्रिय दिवस ( २६ जुन) असार १२ : लागुऔषध तथा मदिरा दुव्र्यसन विरुद्ध शान्ति समाजले तयार पारेको अवधारणा प्रस्तुत गर्दै अभिभावक, विद्यालय, समुदाय, सरोकारवाला, कार्यस्थल, युवाहरु मिलेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला सदस्य सिता पौडेलले ‘यातना कुनै हालतमा क्षम्य नहुने’ भन्दै शान्ति समाजले तयार पारेको अवधारणा पत्र प्रस्तुत गरिन् । उनले कानुनको कठोर कार्यान्वयन र पीडितमैत्री व्यवहारको आवश्यकता औंल्याइन् ।
कलेजका प्राध्यापक तथा योगगुरु राम प्रसाद शर्माले लागुऔषध र मदिरा दुव्र्यसनको असर र निवारणबारे व्याख्या गर्दै युवा पुस्तालाई सचेत हुन आह्वान गरे । व्यवस्थापन संकाय संयोजक पशुपति चौधरीले शान्ति समाजलाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर गर्न आग्रह गरे ।
कार्यक्रममा शान्ति समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले “मानव जीवनलाई सकारात्मक मार्गमा लगाउनु नै जीवनको सार हो” भन्दै युवाहरुलाई लागुऔषध तथा दुव्र्यसनविरुद्ध अभियानमा जुट्न प्रेरित गरे । उनले यातना दिने र निर्देशन दिने दुवैलाई कारबाही हुनुपर्नेमा जोड दिए ।
विद्यार्थी प्रतिनिधि सृजन ढकाल र गरिमा काफ्लेले किशोर–किशोरीमाझ फैलिँदो दुव्र्यसनप्रति चिन्ता व्यक्त गर्दै समाजको अभियानमा साथ दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा समाजका केन्द्रिय सदस्य रत्न कंडेल, कोषाध्यक्ष मोहनिलाल न्यौपाने, सहसचिव अर्जुन कुँवरले रचनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताए ।