© २०२३
अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–६ पाखा पानीमा आपसी विवादका क्रममा दाजुले भाइमाथि बन्चरो प्रहार गरी हत्या गरेको छ। ४२ वर्षीय विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बन्चरो प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
प्रहरीका अनुसार दुवैजनाले मदिरा सेवन गरेका बेला झगडा भएको थियो। बन्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयहरूले अस्पताल पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। भाइमाथि आक्रमण गरेर फरार भएका विष्णुबहादुरलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।