ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

लामपाटी दरबारको अतिक्रमित जग्गा फिर्ता गराएरै छाड्छुः नगर प्रमुख श्रेष्ठ

१२ असार २०८२, बिहीबार
१२ असार २०८२, बिहीबार

अर्घाखाँची, १२ असार ।

अर्घाखाँचीको सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले ऐतिहाँसिक लामपाटी दरबारको अतिक्रमित जग्गा फिर्ता गराएरै छाड्ने घोषणा गरेका छन् । करिब २१ रोपनी जग्गा अतिक्रमित भई १ दशमलव ५ रोपनीमा सिमित भएको सरोकारवालाले गुनासो गरेपछि नगरप्रमुख श्रेष्ठले जग्गा फिर्ता गरेरै छाड्ने प्रतिवद्धता गरेका हुन् ।

श्री ३ जगं बहादुर राणाको जन्मस्थल लामपाटी दरबारको संरक्षण र प्रबद्र्धनमा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले उठाएका सवालको जवाफ सहितको सम्बोधनको क्रममा उनले यस्तो वचन दिएका हुन् । रिपोर्टस क्लब लुम्बिनी प्रदेशले बिहिबार लामपाटी दरबार परिसरमै आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले ऐतिहाँसिक सम्पदाको अतिक्रमित जग्गा स्वतः स्फूर्त फिर्ता गर्न आग्रह समेत गरेका छन् ।

यदि जग्गा फिर्ता नगरे कानुनी प्रक्रिया मार्फत भएपनि जग्गा फिर्ता गराएरै छाड्ने उनको जिकिर छ । जगं बहादुर राणाको जन्मस्थल मथुरा क्षेत्रलाई पर्यटकिय हब बनाउन आफुले सक्दो भूमिका खेल्ने नगरप्रमुख श्रेष्ठको धारणा छ ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका निवर्तमान प्रमुख पिताम्बर शर्मा भुसालले जगं बहादुर राणाको जन्म स्थल मथुराको महत्व राज्यले बझ्न नसकेको गुनासो गरेका छन् । लामपाटी दरबार जस्ता ऐतिहाँसिक क्षेत्रको संरक्षण र प्रबद्र्धन गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा राज्यले प्रयाप्त ध्यान दिन नसक्दा जग्गा समेत हराउँदै गएको उनको तर्क छ । “ऐतिहाँसिक सम्पदा लामपाटीको जग्गा अतिक्रमण भएको छ ।” भुसालले भने,“जग्गा फिर्ताको लागि राज्यले तत्काल कदम चाल्नुपर्छ ।”

छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जिल्लाका ऐतिहाँसिक क्षेत्रको संरक्षण र एकिकृत विकासको योजना बनाउनुपर्नेमा जोड दिए । अर्घाखाँचीका ६ वटै पालिकामा रहेका ऐतिहाँसिक सम्पदालाई पर्यटन व्यवसायसंग जोडेर अगाडि बढ्न ढिला गर्न नहुने उनीहरुको तर्क छ ।

सन्धिखर्क नगरपालिकाका निवर्तमान नगरप्रमुख कमल प्रसाद भुसालले ऐतिहाँसिक स्मृति, सामाजिक परम्परा र सार्वजनिक सम्पत्तिको संरक्षणमा राज्यको भूमिका गम्भिर र जवाफदेही हुनुपर्ने बताए । जिल्लामा रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र विकासको निम्ती स्थानिय सरकारले डि.पि.आर.गरेर काम अगाडि बढाउन उनको सुझाव छ । योजनाबद्ध विकासमा राज्यको जिम्मेवारी र स्थानीयको अपनत्व हुनुपर्ने भुसालको तर्क छ ।

छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थीले ऐतिहाँसिक सम्पदाको उपयोगले सांस्कृतिक संरक्षण, पर्यटन विकास र रोजगारीसंग जोड्दै आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताइन् । एतिहाँसिक सम्पदाको संरक्षण र प्रबद्र्धनका लागि दीर्घकालिन योजना बनाउन आवश्यक रहेको उनको भनाई छ ।

नेपाली कांग्रेस अर्घाखाँचीका उप–सभापति बिष्णु प्रसाद भुसालले अर्घाखाँचीमा लुकेर रहेका ऐतिहाँसिक सम्पदालाई जिल्लाको गौरव र आर्थिक समृद्धिसंग जोडेर अगाडि बढ्नुपर्ने बताए ।
नेकपा एमालेका नेता जनार्दन खनालले ऐतिहाँसिक, सांस्कृति र शैक्षिक सम्पदाहरु विगतका चिनारी मात्र नभई वर्तमान र भविष्यको निम्ती प्रेरणा र पहिचानका आधार भएको बताए । “मानव जीवन र सम्पदाबिच गहिरो सम्बन्ध छ ।” नेता खनालले भने, “यस्ता सम्पदाहरुले हाम्रो इतिहाँस बोल्छन् र भावी पुस्ताको मार्गदर्शन समेत गर्दछन् ।” जगंबहादुरको जन्मस्थल मथुरामा असार ७ गते र न्वरान भएको स्थल बल्कोटमा असार १७ गते हरेक बर्ष बिशेष कार्यक्रम गरेर ऐतिहाँसिक स्थलको प्रचार–प्रसार गर्न उनको सुझाव छ ।

बल्कोट पौवा संरक्षण समितिका अध्यक्ष राजेश पन्थीले ऐतिहाँसिक सम्पदाक्षेत्रको जग्गा १ दशमलव ५ रोपनीमा सिमित कसरी भयो ? प्रश्न गर्दै ऐतिहाँसिक सम्पदा संरक्षणमा सम्बन्धित निकायले चाँसो नदिए जनस्तरबाटै प्रतिवाद गर्ने उद्घोष गरे । राज्यले सार्वजनिक सम्पत्तिको सदुपयोग गर्न नसक्दा अतिक्रमण र ओझेलमा परेको भन्दै छत्रदेव–२ का निवर्तमान अध्यक्ष समेत रहेका पन्थीले बल्कोट पौवाको मुहार फेरिदै गर्दा जगंबहादुरको जन्मस्थल लामपाटी ओझेलमा पर्नु दुःखद भएको बताए ।

सन्धिखर्क–५ का वडाध्यक्ष रिषव अधिकारीले ऐतिहाँसिक सम्पदाको जग्गा खुम्चिदै जानु चिन्ताको बिषय भएको बताए । यस्ता सम्पदाको संरक्षण र प्रबद्र्धन गर्न सके व्यवसायिक पर्यटनको विकास र रोजगारीको सिर्जना हुने बताए ।

कार्यक्रममा स्थानीय अगुवा मित्रलाल पाण्डे, गोपेश्वर पिठका अध्यक्ष ढुन्डीराज अधिकारी, गोपेश्वर पिठका मुल पुजारी गोकुल पौडेल, स्थानिय सरोकारवाला इश्वरी खनाल, छन्द प्रसाद भुसाल लगायतले बोल्दै जगं बहादुरको सम्मानमा लामपाटी दरबारको मुलगेटमा शालिक निर्माण गर्नुपर्ने, ऐतिहाँसिक सम्पदाको प्राचिन शैलीमै मर्मत संभार गरिनुपर्नेमा ध्यानाकर्षण गराए ।
कार्यक्रममा आयोजक रिपोर्टस क्लब लम्बिनीका अध्यक्ष रामकूमार क्षेत्री, पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणी भुसाललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा पाणिनी बहुमुखी क्याम्पसका प्राध्यापक माधवराज चुँदालीले आधारपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?