© २०२३
काठमाडौँ
बागमती नगरपालिकाका निलम्बित मेयर भरतबहादुर थापाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दा फेरि हेर्दाहेर्दैमा राखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २७ गते उनीविरुद्ध पाँच करोड ३३ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दामा पछिल्लो पटक जेठ १९ गते साक्षी बुझ्ने आदेश दिइएको थियो भने बिहीबारदेखि नियमित सुनुवाइ सुरु भएको हो। तर आजको सुनुवाइ नसकिएपछि मुद्दा शुक्रबारका लागि सारिएको हो।
निलम्बित मेयर थापाविरुद्ध विशेष अदालतमा तीनवटा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर छन्। तीमध्ये एकमा ताल नै नभएको स्थानमा माछापोखरी निर्माण गर्न सङ्घ र प्रदेश सरकारसँग अनुदान मागी ५६ करोड ७१ लाख भ्रष्टाचार गरेको अभियोग छ। सोही मुद्दामा विशेष अदालतले गत असार ५ गते थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।