ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बालबालिकालाई सामाजिक सञ्जालबारे साक्षरता 

११ असार २०८२, बुधबार
११ असार २०८२, बुधबार

नवलपरासी, ११ असार ।

जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालय लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन थालेको छ । विद्यालयका नियमित पठन पाठनसँगै अतिरिक्त जानकारीमूलक कार्यक्रम गर्दै ज्ञान र थप शिक्षाका कार्यक्रम गर्न थालेको हो ।

विद्यालयका बालबालिकालाई सूचना, मिडिया र सामाजिक सञ्जालबारे साक्षरता कार्यक्रम चलाएकी छिन् । केही महिना पहिला पनि उनी बालबालिकालाई गाउँपालिकाको सेवा सुविधा लिन सुरु देखी नै जानकारी हुने र अ आफ्ना अभिभावकहरूलाई पनि सेवा लिन सहज बनाउने उदेश्यले उक्त कार्यक्रम गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी (सकिना) ले शुभारम्भ गरेकी थिइन् । गत वर्ष विद्यालयसँग उपाध्यक्ष कार्यक्रम गरी उपाध्यक्षका काम कर्तव्य र अधिकारबारे जानकारी गराउँदै आएकी उपाध्यक्ष सकिनाले गरेकी थिइन् । समुदायसँगै विद्यालयमा कार्यक्रम गरियो भन्ने त्यसको प्रभावकारिता राम्रो देखिएको उनले बताइन् ।

विद्यार्थीलाई जानकारी गराइयो भन्ने अभिभावकलाई सुनाउने गर्छन्, विद्यार्थी र अभिभावक दुबैलाई जानकारी हुन्छ, तर समुदायमा गएर कार्यक्रम गर्दा अभिभावकले प्रायः आफ्ना बालबालिकालाई जानकारी गराउने कम पाइएको उनले सुनाइन् । अहिलेका बालबालिकाहरू इन्टरनेट, मोबाइल मार्फत सूचना र मिडियाको पहुँचमा पुगेका छन्, उनले भनिन्, सामाजिक सञ्जालमा पनि संलग्न हुदैछन् । जानी नजानी गलत सूचनाको लतमा पुगेर सामाजिक सञ्जालको दुरुपयोग तर्फ उन्मुख हुन सक्छन् । आपराधिक क्रियाकलाप भयो, भन्ने साइबर क्रईमको सिकार पनि हुन सक्ने हुँदा विद्यालयबाटै बालबालिकालाई सूचना, मिडिया तथा सामाजिक सञ्जालको असल प्रयोग, चुनौती र अवसरबारे साक्षरता कार्यक्रम गरिएको उनको भनाई थियो ।

यसै गरी यस पटक विद्यालयमा गाउँपालिकाका सबै गर्ने काम, दिइने सेवा र सेवाग्राहीले सेवा लिनका लागि अपनाउने प्रक्रिया लगायतका विषय बस्तुहरूलाई समेटेर गाउँपालिका पहिचान कार्यक्रमको गरेकी बताइन् । यसले बालबालिकामा उत्साह थपिएको छ । आजका बालबालिका भोलिका कर्णधार हुन्, आम नागरिक सरह नै उनीहरूलाई पनि गाउँपालिकाबारे जान्न आवश्यक छ । यसले गर्दा यो कार्यक्रम विद्यालय लक्षित बनाइएको उनले सुनाइन् ।

आफू क्याम्पसमा अध्ययनरत रहँदै यो राजनीति कार्यमा लागेको हुँ, उनले थपिन्, बालबालिकाबाटै पनि आफ्नो गाउँ टोलको विकास प्रक्रियामा जान्न, सुन्न र संलग्न हुन सक्ने आधार तयार गर्नका लागि पनि यो कार्यक्रमले प्रभावकारिता थप्ने बताएकी थिइन् । कार्यक्रममा मुलुकमा चल्दै गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपादेयताबारे जानकारी गराउँदै त्यही सङ्घीय संरचना भित्रकै एक पाल्हीनन्दन गाउँपालिका पनि भएको बताइन् । गाउँपालिका एक आफैमा सरकार हो । सरकारमा हुने हरेक विधि प्रक्रिया अनुसार नै गाउँपालिका सरकारले पनि गर्ने गर्छ । गाउँपालिकामा पनि कानुन बनाउने अधिकार छ । संविधान, सङ्घीय र प्रदेश कानुनको अधिनमा रहेर ती कानुनसँग नबाझिने गरी गाउँ सभाले कानुन बनाउँछ ।
पाल्हीनन्दन गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी जिल्लाको सदरमुकाम परासीबाट ७ कि.मि. दक्षिण तर्फ रहेको छ । ऐतिहासिक धार्मिक स्थल पाल्ही भगवती मन्दिर र साविक गेरमी र सनई गा.वि.स. मा ३६ विघामा अवस्थित रहेको नन्दन तालको ऐतिहासिक गाथा बोकेको पाल्ही नन्दन गाउँपालिका साविक को रमपुरवा, हरपुर, कुश्मा, पाल्ही, गेरमी र सनई गा. वि. स. को साझा सङ्गम हो । ४४.६७ वर्ग कि. मि. क्षेत्रफल ओगटेको यो गाउँपालिका को कुल जनसङ्ख्या ३५ हजार ४ सय २९ रहेको छ । यस गाउँपालिकामा बसोबास गर्ने कूल जनसङ्ख्या मध्ये ९९ प्रतिशत अवधि र भोजपुरी भाषा बोल्दछन भने करिब १ प्रतिशत जनसंखया थारु, उर्दु र नेपाली भाषा बोल्दछन् ।

पुर्वमा सरावल गाउँपालिका, पश्चिममा रुपन्देहीको रोहिणी गाउँपालिका, उत्तरमा रामग्राम नगरपालिका र दक्षिणमा भारत सँग, सिमाना जोडिएको गाउँपालिकामा महेशपुर भन्सार यस गाउँपालिकाको अर्को चिनारी हो । गुप्ता, यादव, मुस्लिम र हरजिन जातिको मुख्य बासोबास रहेको यस गाउँपालिकाको मुख्य पेसा कृषि रहेको छ । सीमित मात्रामा विद्यालय भएकोले उच्च शिक्षा लिनको लागि जिल्ला सदरमुकाम तथा अन्य सहरहरू तथा राजधानीमा जानु पर्ने वाध्यात्मक अवस्था रहेको छ । पाल्ही भगवती मन्दिर, शिव मन्दिर लोहरौली, सोहगौरा मन्दिर पडरी, नन्दन ताल सनई र गेरमी, राधाकृष्ण मन्दिर रामजानकी मन्दिर सुगौली यस गाउँपालिका का मुख्य ऐतिहासकि पर्यटकीय स्थल हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?