ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

औषधी ब्यवसायीको स्थापना दिवस

सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम तथा ब्लड बैकलाई वाटर डिस्पेन्सर वितरण
१० असार २०८२, मंगलवार
१० असार २०८२, मंगलवार

बुटवल, १० असार । नेपाल औषधी ब्यवसायी संघले आफनो स्थापना दिवस सामाजिक उत्तरदायित्वका कार्यक्रम गरि मनाएको छ । ५२ औ स्थापना दिवसको अवसरमा जिल्ला शाखा रुपन्देहीले वृहत रक्तदान कार्यक्रम तथा वाटर डिस्पेन्सर वितरण गरेको हो ।

मंगलबार एक समारोहका बिच केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल, पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय पुर्व उपाध्यक्ष सुनिल श्रेष्ठ, पुर्व लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, पुर्व रुपन्देही जिल्ला अध्यक्ष सुरज भट्टराईले नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलका सदस्यसचिव राधा शर्मालाई वाटर डिस्पेन्सर हस्तान्तरण गरे ।

कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलले औषधि ब्यवसायी हकहितसंगै सामाजिक कार्यमा समेत सधै अग्रसर रहेर उत्कृष्ट कार्य गर्न सफल रहेको बताए । संस्थागत एकतामा बल हुने भन्दै उनले नेपाल सरकारबाट औषधी ब्यवसायीको बिरुद्ध अब्यवहारिक ऐन ल्याउन लाग्दा देशभरका ११ वटा स्वास्थ्य संस्थाहरु आन्दोलनमा आएसंगै समस्या समाधान हुने आशा पलाएको बताए ।

कार्यक्रममा संघका पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले पहिलोपटक रक्तदान गर्दाको अनुभव र पछिल्लोसमय सफल भएको रक्तदान अभियानबारे प्रकाश पारे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका कोषाध्यक्ष अर्जुनराज उपाध्यायले संस्थाहरुबिचमा सहकार्य निरन्तर जरुरी रहने बताए । जिल्लामा रहेका विभिन्न संघसंस्थाहरुबाट गरिदै आएको रक्तदान कार्यक्रमबाट यहाको रगत अभावलाई पुरा गर्दै आएको भन्दै पछिल्लोसमय संस्थाहरुको तथ्याकिकरणलाई ध्यान दिएको उनले बताए ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष खड्ग बहादुर बस्नेतले संस्थाको वार्षिक कार्ययोजना अनुसार ब्यवसायलाई मर्यादित बनाउनेमात्र नभई सामाजिक क्षेत्रमा समेत सधै अग्रसर हुने गरि काम गर्दै आएको बताए ।

कार्यक्रममा पुर्व रुपन्देही जिल्ला अध्यक्ष सुरज भट्टराई, प्रदेश अध्यक्ष लुकराज न्यौपाने, संघका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम भट्टराई, संघका जिल्ला सचिव कृष्ण शर्मा पोखरेलले औषधि ब्यवसायी र रक्त संस्था बिचको सम्बन्धलाई कायम राख्ने गरि कार्यक्रमलाई जोड्दै जानुपर्ने बताए ।रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक मोतिलाल खनालले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?