© २०२३
बुटवल, ७ मंसिर
पुष्प ब्यवसायको उत्पादन, बजारीकरणमार्फत आर्थिक विकास गर्ने लक्ष्यसहित स्थापना भएको फ्लोरिकल्चर एशोसियन अफ नेपाल रुपन्देही शाखाको पहिलो साधारण सभा तथा अधिवेशनबाट किरण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सर्वसम्मत समिति गठन भएको छ ।
जसको उपाध्यक्ष नविना क्षेत्री, सचिव राजेश कुवर, कोषाध्यक्ष विजय प्रधान, सदस्यहरु सुनिता रेग्मी, धना खत्री, रवि जयसवाल, मुक्ति न्यौपाने, मिना पाण्डे रहेका छन् । हकअधिकार प्राप्तिमा संगठनको महत्व रहेको भन्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जिल्लामा छरिएर रहेका पुष्प कृषक, ब्यवसायलाई एकतावद्घ गर्ने बताए । जिल्लामा हाल ३५ बढि पुष्प किसान तथा ब्यवसायीहरु आवद्ध छन् ।
पुष्प ब्यवसायमार्फत देशको आर्थिक विकासमा योगदान दिन सक्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले दाबी गरेका छन् । फ्लोरिकल्चर एशोसिएशन अफ नेपाल रुपन्देही शाखाको प्रथम अधिवेशनको बुधबार बुटवलमा उदघाटन गर्दै एशोसियनका केन्द्रीय अध्यक्ष मिन बहादुर तामाङले स्वदेशी उत्पादन, बजार र सम्भावना रहेको यो क्षेत्रको विकासमा संस्थागत रुपमा लागेको बताए ।