Butwal Today

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ सम्पन्न गरिँदै

३० कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

बुटवल । 

सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै छ ।
हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जलाशय किनारमै जाग्राम बसेका व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गर्दैछन् ।

छठ पर्वका अवसरमा विभिन्न स्थानका नदी, पोखरी तथा जलाशय किनारहरूलाई दुलहीझैँ सिँगारेर झकिझकाउ बनाइएको छ ।
काठमाडौँ । सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज ९सप्तमी० बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य दिइँदै छ । यससँगै चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको आज औपचारिक समापन हुँदैछ ।

कात्तिक शुक्ल षष्ठीका दिन हिजो निराहार व्रत बसेका व्रतालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य अर्पण गरेका थिए । हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जलाशय किनारमै जाग्राम बसेका व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गर्दैछन् ।

यतिबेला छठ मनाइरहेका विभिन्न नदी, पोखरी तथा जलाशय किनारमा अर्घ्य दिन व्रतालु तथा श्रद्धालुहरूको ठुलो घुइँचो लागेको छ । छठ पर्वका अवसरमा तराई–मधेससँगै काठमाडौँ उपत्यका र देशका अन्य विभिन्न स्थानका नदी, पोखरी तथा जलाशय किनारहरूलाई दुलहीझैँ सिँगारेर झकिझकाउ बनाइएको छ ।

यसैबिच, सरकारले छठ पर्वको अन्तिम दिन आज पनि सार्वजनिक बिदा दिएको छ । यसअघि छठ पर्वको मुख्य दिन ९षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन० मात्र बिदा दिँदै आएको सरकारले पहिलो पटक आज उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन पनि सार्वजनिक बिदा दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?