Butwal Today

रुपान्तरित कांग्रेसले मात्रै सक्षम नेतृत्व दिन्छ : बिनोद चौधरी

२९ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

नवलपरासी ।

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति बिनोद चौधरीले रुपान्तरित कांग्रेसले देशलाई सक्षम नेतृत्व दिन सक्ने बताएका छन् । उनले कांग्रेसलाई समयअनुकूल परिवर्तन गर्दै नयाँ सोच, ऊर्जा र कार्यशैलीका साथ अघि बढाउनुपर्ने धारणा राखेका छन् ।

बदलिँदो राजनीतिक परिस्थिति र जनताको अपेक्षालाई सम्बोधन गर्न पार्टीभित्र सुधार र रूपान्तरण आवश्यक रहेको उनको भनाइ छ ।
चौधरीले कांग्रेसलाई थप सुदृढ, गतिशील र जनउत्तरदायी बनाउँदै देशको विकास, समृद्धि र सुशासनका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

काङ्ग्रेस नवलपरासी क्षेत्र नम्बर १ ले बर्दघाटको जिमिरेभारमा आयोजना गरेको शुभकामना आदान प्रदान एवं रक्तदान कार्यक्रमा बोल्दै उनले अनुसार रुपान्तरित कांग्रेसले मात्रै जनताको विश्वास र अपेक्षा अनुसारको नेतृत्व प्रदान गर्न सक्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?