© 2026
प्रारूप
यस पटक एउटा विशेष प्रकारको यात्रा गर्ने अवसर जु–यो । त्यसो त जीवन भनेकै यात्राको पर्याय हो । जन्मदेखि मृत्युसम्मको गतिमान समय यात्रा हो । भौतिक रूपमा एक ठाउँबाट कुनै अर्को ठाउँमा गरिने यात्रा छुट्टै विशेषताले भरिएको हुन्छ । नयाँ ठाउँ पुग्दा केही नयाँ विषय देख्न बुझ्न पाइन्छ ।
बिहानको भोजपछि अर्को विशेष गन्तव्यमा पुग्ने उद्देश्यसाथ विराटनगर गएर भाइ गोविन्द–मञ्जुको निवासमा बास बस्न पुगेँ । १९ गते बिहान पाँच बजे भाइ गोविन्दसँगै जोगवनी रेल्वे स्टेसन पुगियो ।
२०२२ मङ्सिर अन्तिम सातातिर म पहिलो पटक जोगवनी रेल्वे स्टेसनबाट रेलयात्रा गरेर जयनगर पुगेको थिएँ । त्यसपछि बनारसलाई केन्द्र बनाएर करिब २० वर्षसम्म प्रायः आधा भारत रेल यात्राबाट भ्रमण गरेको हुँ यस पटक यो पुरानो प्रसङ्ग जोगवनीमा रेल देखेपछि पुनः स्मरण गरेँ । यद्यपि, आजको यो रेल यात्रा त्यति लामो थिएन । जोगवनीबाट सिमराहा स्टेसनसम्म जम्मा २७ किमीको यात्रा थियो । बिहान ७ः०० बजे रेलमा चढेर ८ः०० बजे सिमराहा उत्रियौँ । स्टेसनबाट बाहिर निस्केपछि बहान चालकसँग ‘रेणुग्राम कहाँ पर्छ’ भनेर सोध्दा आफूले त्यहाँ पु¥याइदिने कुरा ग¥यो । रेणुग्रामस्थित रेणु निवासको गेटसम्मको पाँच किमी बाटो त्यही अटो बहानद्वारा पूरा गरेपछि रेणु भवन पुगियो ।
सन् १९७५ को नोभेम्बरतिर होला म पटनास्थित नेपाली कांग्रेसको कार्यालय गएको थिएँ । त्यसबेला गिरिजा बाबुसँग देबेन्द्र बाबुका घर जाने अवसर पाएँ । देबेन्द्र बाबु बिपी कोइरालाका साथी । उहाँ केही बिरामी हुनुहुँदो रहेछ । उहाँसँग कुराकानी गर्दै गर्दा एउटा रिक्साबाट दुई जना व्यक्ति ओर्लिएर हामीहरू बसेको ठाउँमा आएपछि देबेन्द्रबाबुले ‘अरे रेणु तुम कैसे अचानक आना हुआ’ भनेको सम्झना छ ।
यी दुवैबिच कुराकानी भए । गिरिजाबाबुसँग ती रेणुले अङ्कमाल गर्दै धेरै कुरा सोधे । एउटा रमाइलो वातावरण बन्यो । रेणुजीलाई मैले उहाँका मैला आँचल र परती परी कथा उपन्यास पढेको कुरा सुनाउन पाएको थिएँ । प्रजातन्त्र पुनस्र्थापनाको पचास वर्षको अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानले समकालीन साहित्यको प्रजातन्त्र विशेषाङ्क छापेको थियो । त्यस अङ्कमा मैले अनुवाद गरेको रेणुको नेपाली क्रान्ति कथाको नेपाली अनुवाद समावेश गरिएको थियो । केही समयपछि सर्वदा वाङ्मय प्रतिष्ठानका ठाकुर बेलवासेको सौजन्यमा यसले ‘नेपाली क्रान्ति कथा’ कृतिका रूपमा छापिने अवसर पाएको थियो ।
सात सालको कथा
कान्छो भाइ देवेन्द्रले नेपालयका सम्पादक विमल आचार्यसँग भेट गराएका थिए, २०८१ पुसको पहिलो सातातिर । केही दिनपछि विमल आचार्यले नेपालयको मुख्यालय डिल्लीबजारमा किरण श्रेष्ठ र सहिजनसँग भेट वार्ता गराए । सातसाले क्रान्तिको पचहत्तरौँ वर्षको अवसर पारेर ‘नेपाली क्रान्ति कथा’ छाप्ने कुरा भयो । त्यस कुराको सहमतिपछि मूल स्रष्टा फणीश्वर नाथ रेणुका कुनै प्रतिनिधिसँग भेट गरेर अन्य विषयको पनि खोजी गर्न सकिन्थ्यो होला, भन्ने सन्दर्भमा कुराकानी गरिएको थियो । त्यसबेलासम्म रेणु परिवारको कसैसँग पनि सम्पर्क हुन सकेको थिएन ।
यो ‘नेपाली व्रmान्ति कथा’ नयाँ कलेवरमा ‘सात सालको कथा’ शीर्षक बनेर प्रकाशित भयो, नेपालयबाट । २०८१ फागुन सात प्रजातन्त्र दिवसको सन्दर्भ पारेर फागुन ३ गते यस कृतिको लोकार्पण भयो । भारतको हिन्दुस्तान पत्रिकामा सार्वजनिक त्यस कृतिका बारे समाचार आएको थियो ।
संयोगवश यो समाचार रेणुका जेठा छोरा पदम परागले पनि पढेछन् । उनले खोजी गरी मेरो नाम, फोन फेला परेर फागुन ११ गते साँझतिर फोन गरे । दुवैका बिच कुराकानी भएपछि उनको ठेगाना टिपोट गरेको थिएँ । रेणुको गृहक्षेत्र पुग्न सक्ने सूत्र फेला परेपछि म निकै उत्साहित भएँ । रेणु गृहग्राम पुग्नका निम्ति उत्प्रेरित गराएको हो– ‘नेपालय’ को यस सात सालको कथा प्रकाशनले । रेणुबारे अझै केही खोजी गर्ने र नेपालसम्बन्धी रेणुद्वारा लिखित–सामग्री पनि अनूदित रूपमा छाप्ने कुरा हामीबिच भएका थिए ।
रेणु गृहमा पदम पराग
रेणुका जेठा छोरा पदम पराग राय ‘वेनु’ का घरमा बिहान नौ बजेतिर पुग्दा उनले हार्दिक स्वागत गरेका थिए । विभिन्न विषयमा कुराकानी भएपछि चिया खाजामा सहभागी भएर रेणुसम्बन्धी जानकारी लिन थालेँ । रेणुको जन्मघर उनी हुर्के बढेको र जीवनको अन्तिम क्षणसम्म बसेको घर राम्ररी संरक्षण गरिएको रहेछ । छोरा परागले सबै कुराको जानकारी दिए । पुरानो गाउँले पाराको खरपरालले छाएको घर । प्रत्येक चार पाँच वर्षमा नयाँ छाउनु पर्छ । टिन लगाउँदा बर्सौैं टिक्छ तर मौलिकपन रहँदैन भनेर पुरानै शैलीमा राखेको कुरा बताए । परागले आधुनिक नयाँ पक्कीघरहरू पनि बनाइसकेका छन् । पिताको निसानी पुरानो घरचाहिँ मर्मत गर्दै जोगाएकै रहेछन् ।
घरका केही फोटो उतारेँ मोबाइलमा । हामीहरूले पनि रेणुगृह अगाडि उभिएर चित्र लियौँ । ती घर आँगनमा आफू हिँड्दा रेणुकै पद चिह्नमा टेकेको जस्तो विशेष अनुभूति भएको थियो, त्यसबेला ।
अंग्रेजले विहार राज्यको यस क्षेत्रमा डेढ सय वर्षअघि नै रेल्वे सेवा पु–याएको हो । सुरुमा फारविसगन्जसम्म रेल चल्दथ्यो । विसं १९७५ तिर कृष्णप्रसाद कोइरालाको विशेष पहलमा जोगवनीसम्म अर्थात्, नेपानी सीमा क्षेत्रमा रेल पु–याइएको थियो ।
उहिले रेणुजी ५ किलोमिटर पैदल हिँडेर यो रेल चढ्न आइपुग्ने गर्थे तर यता केही वर्षदेखि मात्र रिक्सा अटोहरू गाउँतिर बाटो बनेर चल्न थालेका छन् । भारतले धेरै उन्नति प्रगति गरेको भए पनि रेणु गाउँ वरपरको वातावरण र घरहरू हेर्दा अझै पनि त्यतातिर आधुनिक विकास पुग्न नसकेकाले पुरानै युगमा छन् यहाँका गाउँ र गाउँलेहरू भनेर सहजै अनुमान गर्न सकिन्छ । रेणु मात्र एक जना यस्तो विषमतापूर्ण गाउँ समाजबाट कसरी फुत्त बाहिर आएका होलान् भनेर धेरैबेर घोरिएँ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका लेखक स्रष्टा कसरी बन्न सके होलान् यी रेणु । यस क्षेत्रबाट आजसम्म अरू कोही पनि रेणु जस्तो राष्ट्रिय पहिचान कसैको पनि बनेको छैन ।
रेणुजीको बाल्यकालमा त्यसक्षेत्रभित्र कुनै स्कुल कलेज थिएन । त्यतिबेलाका गाउँका मुखिया–पिता शीलानाथले अररिया क्षेत्रका आफन्तका माध्यमबाट रेणुको प्राथमिक शिक्षा दिलाएका थिए । केही वर्ष उनले विराटनगरको कोइराला निवासमा बसेर पनि पढेका थिए । आफू समर्थ भएपछि रेणुले आफ्नो गाउँक्षेत्रमा विद्यालय स्थापना गर्न योगदान पु–याएका थिए । उच्च शिक्षापछि आफ्नै गाउँतिर बसेर राजनीतिक, सामाजिक सेवामा जुटेका रेणुले विराटनगरको आदर्श विद्यालयकै अनुकरण गरेर यही नामबाट ‘आदर्श विद्यालय’ खोल्न विराटनगरबाटै प्रेरणा पाएका थिए ।
रेणुको आफ्नो जन्म, कर्म गाउँ हो– औराही हिँगना । यही नामबाट चिनिन्छ आज पनि । यतिबेला यसैको एउटा टोल ‘रेणु गाउँ’ नामबाट पुकारिन्छ । रेणु गेट भनेर गाउँ प्रवेश गर्ने बाटोमा एउटा द्वार बनाइएको छ । आफ्नै घर गाउँभित्र फणीश्वरनाथ रेणु महाविद्यालय स्थापित छ । रेणु स्मृति भवन पनि बनाइएको छ । रेणु बारेको यहाँको भौतिक स्वरूप यिनै हुन् ।
रेणुको लेखन
सन् १९४२–०४५ को जेल जीवन बिताएर फर्किएपछि रेणु आफ्नै गाउँ क्षेत्रमा बस्न थाले । कुनै पनि साहित्यिक वाद र राजनीतिक आन्दोलनबाट विमुख भएर उनी लेखन क्षेत्रमा सव्रिmय भए । सामाजिक र राजनीतिक अन्तदृष्टिबाट रेणुमा साहित्यिक संस्कारको नयाँ दिशा प्राप्त भयो । त्यसैले उनका लेखनमा कलम र तरबारको सम्मिश्रण पाइन्छ ।
रेणुले आफ्नो लेखनका निम्ति पहिले आफ्नै अन्तरात्मालाई खोज्ने गर्थे । त्यसपछि सर्वसाधारण जनजीवनतिर फर्किएर नियाल्ने गरे । जमिनस्तरका ग्रामीण जनजीवनको चित्रले उनलाई धेरै प्रभाव पा–यो । जुन समुदाय र परिवेशबाट उनी माथि उठेका थिए, त्यसैलाई आधार बनाएर उनले कृतिहरू रचना गरे । यसरी उनले हिन्दी साहित्य क्षेत्रमा उपन्यास र कथाका विशिष्ट स्रष्टा बनेर यस क्षेत्रलाई ऊर्जाशील बनाएका हुन् ।
किशोरावस्था पार गर्दै गरेका रेणुको बिपी कोइरालासँग भेट भएको थियो । त्यस भेटपछि विराटनगर कोइराला निवासमा बस्न थाले । तारिणी प्रसादका समकालीन भएकाले यी दुवैमा ज्यादै राम्रो मित्रता भएको थियो ।
नेपाली कांग्रेसद्वारा सञ्चालित सशस्त्र व्रmान्तिमा यिनको महìवपूर्ण योगदान रह्यो । विराटनगरको युद्ध मोर्चामा आफैँ सव्रिmय भएर लागेका कारण यिनले नेपाली व्रmान्ति कथा भनेर ज्यादै स्तरीय कृतिको रचना गरे । यस कृतिकै माध्यमबाट ‘रिपोर्ताज’ शैली प्रवेश गराएर उच्चस्तरमा पु¥याउने उनै हुन् । भनिन्छ महायुद्धपछि चिकित्सा क्षेत्रको शल्यकर्ममा ‘पेन्सिलिन’ जन्मिए जस्तै हो, साहित्यमा रिपोर्ताज शैलीको लेखन ।
सन् १९४५ को विश्वामित्रमा रेणुको ‘विदापत नाच’ भन्ने रचना छापिएपछि निकै चर्चा पाएथ्यो । यसै गरी जै गङ्गा, डायन कोशी, रामराज जस्ता कृतिहरू प्रकाशित भएका थिए । २००७ को नेपाली व्रmान्तिपछि ‘हिलराहा हिमालय’ प्रकाशित भयो । त्यसपछि ‘नेपाली व्रmान्ति कथा’ आएको हो । ‘रिपोर्ताज’ एक प्रकार कथा जस्तै लाग्दछ । आख्यानको झझल्को पनि दिन्छ– रिपोर्ताजले । यसमा अपूर्व वर्णनशक्ति हुन्छ । उपदेश र दार्शनिकताभन्दा माथिको यथार्थ वर्णन हुन्छ । अर्थ लगाइरहनु नपर्ने सरल र सरस शैलीमा रचिन्छ ।
भुली विसरी घटना कृतिमा कथा प्रसङ्ग र जीवनको स्थितिबारे चर्चा छ । जनता भाषण होइन कार्यव्रmम चाहन्छ । उनले तीनघुम्तीको तीन अध्याय, नामबाट अनुवाद गरेका थिए । सन् १९७० मा अनुवाद गरेको यो कृति १९७१ मा राधाकृष्ण प्रकाशन दिल्लीबाट प्रकाशित भएको हो ।
भारतीय स्वतन्त्रतापछि कथा साहित्यमा फणीश्वरनाथ रेणु आफ्नो निजी शैली, भाषा र ग्रामीणताको विशिष्ट–रङ्गका कारण अर्कै धरातल बनाउन सफल भए । उनको लेखनमा माटाको सुवास छ ।
स्वतन्त्र भारतका ग्रामीण क्षेत्रको ज्वलन्त चित्रण प्रस्तुत गरेका छन् । ग्रामीण जनतालाई पृथ्वीका धनी, पृथ्वीको सम्पदा मानिने तर तिमीहरूको कस्तो दुर्दशापूर्ण चित्रण छ– त्यो प्रस्तुत गरेका छन् । मानवीय संवेदनालाई रेणुले राम्ररी केलाएका छन्– आफ्ना रचनामार्फत ।
हिन्दी आख्यानमा प्रेमचन्द्रपछि रेणुको नाम आउँछ । विहारको पूर्णिया–औरही हिंगना गाउँमा सन् १९२१ मर्च ४ मा जन्मिएका रेणुको निधनचाहिँ १४ अप्रिल १९७७ मा ५६ वर्षकै उमेरमा भयो । फारविसगन्जमा हाइस्कुलसम्म पढेर बनारस र भागत्नपुरबाट उच्चशिक्षा पाएका रेणु सन् १९४२ को स्वतन्त्रता सङ्ग्राममा सहभागी बनेर जेल परे । । आचार्य नरेन्द्रदेव, बिपी कोइराला र लैहियाको सान्निध्य पाएका रेणुमा सामाजिक र राजनीतिक अन्तर्दृष्टिबाट साहित्यिक संस्कारको दिशा प्राप्त भयो । कलम र तलवार दुवैको सम्मिश्रण हो, उनको साहित्यिक लेखन । सन् १९४५ मा जेलबाट छुटेपछि साहित्यमा सव्रिmय भए । साहित्यिक वाद र आन्दोलनमा नलागी रेणुले आफ्नो परिवेश, भोगाइ, जनजीवन आदिको यथार्थ चित्र रचनाका माध्यमबाट बाहिर ल्याउन थाले । सव्रिmय राजनीतिले भन्दा सार्थक लेखनीबाट समाज रूपान्तरणको मार्ग देखाउन सकिन्छ भन्ने लागेर उनले लेखनलाई अगाडि बढाएका हुन् ।
रेणुले लेखनका निम्ति पहिले आफ्नै अन्तरात्मालाई खोजे, कहिले जनजीवनतिर फर्किएर हेरे, नियाले । यथार्थता बुझ्ने प्रयत्न गरे । उनले आफ्नो लेखनकला मानिसकै निम्ति प्रयोग गरे । उपन्यासकार, कथाकार र रिपोर्ताज स्रष्टाका रूपमा रेणुले आफ्नै प्रकारको रचना दिएर हिन्दी क्षेत्रलाई नयाँ ऊर्जा थपिदिए । कथा सङ्ग्रहहरूमा– ठुमरी, आदिम रात की महक, आगिन खोर, एक श्रावणी दोपहरकी धूप, अच्छे आदमी, मेरी प्रिय कहानियाँ, भित्ती चित्रकी मयूरी हुन् । उपन्यासमा– मैला, आँचल, परती परी कथा, जुलुस, दीर्घतमा पलटु बग्बू रोड कितने चौराहे प्रमुख हुन् । रिपोर्ताजमा ऋणजल, धनजल, नेपाली कथा, बन तुलसीकी गन्ध । निबन्ध– श्रुत–अश्रुत पूर्व ।
मैला आँचल सन् १९५४ मा प्रकाशित भएपछि रेणुको प्रसिद्ध फैलिएका हो । प्रेमचन्द्रको गोदान जस्तै भो यो मैला आँचल र ‘तीसरी कसम’ कृतिमा सिनेमा बन्यो । ग्रामीण जीवनको वास्तविकता, तनाव, जटिलता र परिवर्तित अवस्था चित्रित छ, मैला आँचल कथामा– ग्रामीण जनजीवनसँगै सहरी मध्यम वर्गका अन्तर्य चित्रित पाइन्छ । मानवीयता पाइन्छ उनको रचनामा । आदर्शभन्दा धेरै परको यथार्थ वास्तविकता छ । उनले लोकजीवन, लोकसंस्कृतिसँग जोडिएर मानवीय संवेदनालाई अग्रस्थानमा राखेका छन् । अमानवीय बन्दै गएको समाजमा मानवीय संवेदना र वास्तविकता दर्शाउने प्रयास छ । लोकजीवनमा समरसता ल्याउने प्रयास छ । ग्रामीण जीवनको वास्तविकता, तनाव, जटिलता, गरिबी र परिवर्तित अवस्था जस्ता विषय उनका कृतिमा चित्रित छन् । मानवीयता र संवेदनशीलता उनका कृतिमा पाइन्छ । उनका कृतिमा यथार्थता वर्णन छ । उनका कृतिमा आदर्श र कोरा कल्पना छैन । लोकजीवन र लोकसंस्कृति परिपूर्ण छ उनका साहित्यमा ।
सातसालको कथामा रेणु
नेपाली कांग्रेसद्वारा सञ्चालित २००७ को व्रmान्तिमा सव्रिmय सहयोग गरेका थिए रेणुले । विराटनगरको जुटमिल क्षेत्रभित्र रेडियो सञ्चालन गर्ने काममा रेणुले महìवपूर्ण योगदान दिएका थिए । भारतको कलकत्ताबाट रेडियो प्रसारणका निम्ति चाहिने उपकरण रेणुले नै जुटाएका थिए । अन्य आवश्यक आन्तरिक व्यवस्थापन तारिणीप्रसाद कोइरालाले गरेका थिए । यी दुई तारिणी र रेणुको सव्रिmयताले रेडियो सेवा प्रसारण भएको थियो ।
रेणुपुत्र परागले पनि यस कुराको समर्थन गर्दै भनेका थिए, “हाम्रा बुवा रेणुले नै समाचार कसरी सुरु गर्ने भनेर ‘यह प्रजातन्त्र रेडियो नेपाल हैँ’ अब समाचार सुनिये’ भन्ने वाक्य प्रथम पटक लेखेर तारिणीबाबुलाई दिएका थिए ।” यसको वाचनसम्बन्धी अभ्यास गरेर ‘यो प्रजातन्त्र रेडियो नेपाल हो,’ अब तारिणीप्रसाद कोइरालाबाट समाचार सुन्नुहोस् भनेर नेपाली भूमिबाट प्रथम पटक रेडियो समाचार सुरु गरेका थिए ।
रेडियोबाट व्रmान्ति र व्रmान्तिमा विजय हुँदै गएका क्षेत्रहरूको समाचार सुनेपछि कतिपय क्षेत्रमा त सरकारी पक्षले स्वयम् आत्मसमर्पण गरेका थिए । समाचारको प्रभावले व्रmान्तिकारीको मनोबल बढेको र शासनसत्ताको मनोबलचाहिँ घटेको थियो, त्यसबेला ।
नेपाल र नेपालीका अनन्य प्रेमी, हित चिन्तक र सधैँ नेपालको उन्नति–प्रगति भएको देख्न चाहने रेणुले नेपालीका लागि, नेपालको लोकतन्त्रका लागि ज्यादै महìवपूर्ण योगदान दिएका हुन् ।
नेपालको २००७ सालको सशस्त्र व्रmान्तिको विशेषतः पूर्वाञ्चल क्षेत्रको बेस क्याम्प विराटनगर र वरपरका व्रmान्ति र व्रmान्तिका बिचका घटना बारेको सजीव चित्रण हो– उनले लेखेको ‘नेपाली व्रmान्ति कथा’ । जसको पछिल्लो प्रकाशन ‘सातसालको कथा’ नामबाट नेपालयद्वारा प्रकाशित भएको हो ।
आजका पुस्ताले यो कृति खोजी खोजी पढ्न आवश्यक छ । यो कृति त्यसबेला २०७ को निरङ्शुकतन्त्र विरुद्ध गरिएको सशस्त्र व्रmान्तिको एउटा ज्वलन्त दस्ताबेज हो । यस्तै रेणुले अन्य एक दर्जनजति नेपाल विषयक आलेखहरू रचेका छन् । त्यसको पनि सङ्कलन तयार भइसकेको छ । रेणु एउटा यस्ता लेखक हुन्, जसले युद्ध मैदानमा स्वयम् एक हातमा बन्दुक र अर्को हातमा कलम बोकेर सजीव वर्णन गर्ने स्रष्टा हुन् । रेणुलाई नेपाल र भारतको सेतुका रूपमा तुलना गर्नु उपयुक्त हुने छ । किनभने उनले भारतलाई आमा र नेपाललाई सानिमाको रूपमा चित्रण गरेका छन् । रेणुले धेरै ठाउँ आफ्ना विचार यसरी व्यक्त गरेका छन्, “मेरो दोस्रो घर नेपाल हो । म धेरै प्रेम गर्छु नेपाललाई । नेपाल र भारतबिचको सम्बन्ध सधैँ निस्वार्थ र परस्पर सौहार्द ढङ्गबाट चल्नु पर्छ ।”
मेजर जनरल सुवर्ण समशेरले ‘पिआरओ’ लाई आफ्नो पेस्तोल दिँदै भने, “तिमीले आफ्नो कलम चाहिँ नबिर्सनु ।” “ए पिआरओ ! तिमी एक्लै कता जाँदै छौ ?” बिपीको कुरा सुनेर पिआरओले भने, “म कहाँ एक्लो छु र मसँग त ‘रक्तपा’ र ‘सिद्धिदा’ दुई वटा साथी छन् ।” पिआरओले पेस्तोलको नाम ‘रक्तपा’ र पार्कर कलमको ‘सिद्धिदा’ नाम राखेको कुरा सबैलाई थाहा छ । पिआरओ र उनका मिल्ने साथी तारिणीप्रसाद चिन्तित छन् । पहिलो पटक रेडियोबाट समाचार प्रसारण भयो, ‘‘यो प्रजातन्त्र नेपाल रेडियो हो अब तारिणीप्रसादबाट नेपालीमा समाचार सुन्नुहोस् ।” ‘‘यह प्रजातन्त्र नेपाल रेडियो है अब पिआरओद्वारा हिन्दी मेँ समाचार सुनिए ।” सातसालको कथा भित्र मूल पात्र ‘पिआरओ’ भनेका फणीश्वरनाथ रेणु हुन् भन्ने कुराको पुष्टिका निमित्त यी केही संवाद यहाँ राखिएको हो । यस सात सालको कथा कृतिभित्र रेणुजी ‘पिआरओ’ सम्बोधनबाट उपस्थित भएका छन् ।
रेणु परिवार
सन् १९२१ मार्च ४ मा पिता शीलानाथ मण्डल र माता पानोदेवीका कोखबाट औरही पूर्णियामा जन्मिएका श्री फणिश्वरनाथ मण्डलको निधन सन् १९७७ अप्रिल १४ मा ५६ वर्षकै उमेरमा भएको हो । लेखक क्षेत्रमा लागेपछि उनले आफ्नो नाममा मण्डलको सट्टा रेणु जोडेका थिए । भौतिक रूपमा नरहे पनि रेणुजी आफ्नो सिर्जनात्मक कर्मद्वारा मूर्धन्य साहित्यकारका रूपमा अजर अमर बनेका छन् ।
श्री रेणुको पहिलो विवाह रेखादेवीसँग भएको थियो । उनका कुनै सन्तान थिएनन् । दोस्रो विवाह पद्मादेवीसँग भएपछिका सन्तानहरूमा छोरा पदमपराग राय (वेणु) अपराजित राय (अप्पु) दक्षिणेश्वर राय (पप्पु) समेत तीन भाइ विभिन्न क्षेत्रमा कार्यरत छन् ।
छोरीहरू नवनीता सिन्हा, निवेदिता विश्वास, अन्नपूर्ण राय र वहिदा राय समेत चार जना आआफ्ना गृहस्थीमा छन् । तीन भाइ छोराबाट पाँच नाति र सात नातिनीहरू छन् । यसरी रेणुको वंश स्तारव्रmम राम्रैसँग विकसित भएको छ । रेणुका दाजुभाइ पनि थिए । कुनै सानै छँदा बिते, कसैका सन्तान भएनन् ।
यसरी अहिले हिङ्ना गाउँ– रेणु गाउँमा रेणुको मात्र सन्तति विस्तार छ । अनि यी तीन भाइ छोराहरू, सामाजिक र राजनीतिक क्षेत्रमा नै सव्रिmय छन् । जेठा पदम पराग एकदशक अघि विहार, विधान सभाका विधायक पनि भएका रहेछन् । यस कारण राम्रै गरी स्थापित भएर बसेका छन् । यी रेणु सन्तति अर्थात् करिब दुई दर्जन पारिवारिक सदस्यहरू एउटै गृह परिसरमा संयुक्त रूपमा बसेका छन् । अहिलेसम्म सबै परिवारको एउटै भोजनालय छ ।
परागले जानकारी दिए, “बहिनीहरूका परिवार भेला हुँदा पचास जनासम्मको भान्सा चलाउनु पर्छ । रमाइलो हुन्छ, हामीकहाँ हाम्रो ग्रामीण क्षेत्रमा आज पनि चार पुस्तासम्मको संयुक्त परिवार परम्परा प्रचलित छ । मेरै घरमा हामी तीन भाइका छोराहरू, बुहारीहरू नाति नातिनीहरू सबै एकै भान्सामा अटाएका छौँ ।” हो, महिलाहरूमा घुम्टो ओढ्ने प्रथा आज पनि कायमै छ । म जेठो हुँ यस घरको, त्यस कारण यी मेरी पत्नी मात्र घुम्टो ओड्दिनन् । ओ कता छे, तीन गो चाय, लियावल जाइ ।”
यसरी हामीसँग कुरा गर्दागर्दै पराग भाइले चिया ल्याउन अराएका थिए– पत्नीलाई । केही बेरमा उनले चिया ल्याएर हाम्रा अगाडि राखिदिइन् । अनि परागले हाम्रो परिचय गराए–
ये नेपाल से आइल छि, डाक्टर, तुलसी भट्टराई नाम है यिनकर । और वो छोट भाइ गोविन्द ।
यी हमर बेटवनकी मा हैँ ।
नमस्कार आदान प्रदान भयो । उनले हाँस्तै स्वागत गरिन् । यिनी घरको सबैभन्दा ठुली महिला भएकीले आफ्नो अनुहार खोलेर यतिसम्म बोल्न सोध्न सकिन् उनले । हामी त्यस घर कम्पाउण्डमा घुम्दा अन्य चार पाँच महिला भेटिए तर कसैको पनि अनुहार चाहिँ देख्न पाइएन । ‘यी मेरा भाइबुहारी । यी छोरा– भतिजे बुहारीहरू’ भनेर परागद्वारा सङ्केत गरिएकाले उनीहरूले अनुहार नदेखाई नमस्कार गरेका थिए ।
खानेबेलामा एउटा बार्दलीमा पुग्यौँ । टेबुल कुर्सीहरू सजिएका ठाउँमा बसेपछि खाना थाली आए । त्यसमा नातिहरू नै अग्रसर थिए । महिलाचाहिँ भोजनालयभित्र मात्र हुने रहेछन् । महिलाहरूले बाहिर आएर पाहुँनालाई खाना पस्किने, सोध्ने चलन छैन । यो सब पुरुष वर्गले नै गर्छन् ।
एउटा कुरा त अझ भन्नै बाँकी छ, “हाम्रो पिताजी (रेणु) ले पटनातिर वस्ता अर्की कान्छी आमा पनि बिहे गरेका थिए । पिता रेणुको निधनपछि उनी धेरै वर्ष एक्लै पटनामा बसिन् । सन् २०१० मा उनी बिरामी परेपछि यहाँ घरमा ल्याइयो र यहीँ बितिन् । पिताजी बिरामी भएर पटना बस्ता उनैले सेवा गरेकी थिइन् ।”
“उनीतिर कुनै सन्तान थिएनन् । पिताका तीन वटी पत्नी बारेमा भनौँ । आमाहरू तीन जना भए पनि सन्तान चाहिँ मझली पत्नी पद्माका मात्र भएका हुन्– जो हामीहरू हौँ ।” परागजीबाट रेणुका परिवारका बारेमा र केही अन्य सन्दर्भ यसरी जान्न पाइयो । उनले रेणुजीका बारेमा र उनका कर्मका बारेमा धेरै कुराको चर्चा गरेथे ।
परागका केही टाढाका र केही नजिकको नातागोता भएको मण्डल परिवारको सङ्ख्या औराहीमा निकै धेरै छ । मण्डल समुदाय फैलिएको छ तर यी मण्डल परिवारमा अझै शिक्षाको राम्रो पहुँच भने हुन सकेको छैन । सामान्य खेती किसानी, पशुपालन ज्यालादारी र अरवीय मुलुकतिरको रोजगारीमा जाने जस्ता जीविका माध्यम साधन हुन्, यस क्षेत्रका व्यक्तिहरूका निम्ति ।
रेणु गृहमा करिब पाँच घण्टाको बसाइ र वार्तालाप सकेर हामी सिमरहा स्टेसन फर्किएर रेलबाट जोगवनी हुँदै विराटनगर पुग्यौँ ।