Butwal Today

गुल्मीमा अशक्तलाई घरमै गएर नागरिकता प्रदान गर्ने अभियान

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

तम्घास ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा अशक्तहरूका लागि घरमै गएर नागरिकता प्रदान गर्ने अभियान सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाका अनुसार जिल्लाभित्र नागरिकता प्राप्त गर्न योग्य भएका तर शारीरिक, मानसिक, बौद्धिकलगायतका अपाङ्गताका कारण कार्यालयमा उपस्थित हुन नसक्ने अशक्तहरूका लागि घरमै गएर नागरिकता प्रदान गर्ने अभियान रहेको छ ।

यसका लागि जिल्लाका दुई नगर र १० गाउँपालिका गरी १२ वटै स्थानीय तहमा त्यस्ता नागरिकहरूको विवरण सङ्कलन गरी पठाउनका लागि पत्राचार गरिएको छ । स्थानीय तहबाट विवरण प्राप्त भएपछि अभियानकै रूपमा घरमै गएर नागरिकता प्रदान गरिने सापकोटाले बताए ।

नागरिकता प्राप्त गर्न योग्य भएका व्यक्तिहरू नागरिकता प्राप्त गर्नबाट वञ्चित हुन नदिनका लागि उन्हिरूको नागरिकता प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्नका लागि यस्तो अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।  एीन्रुलाई नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता तथा अन्य कार्यहरूमा समावेश हुन नसक्ने भएकोहँदा नागरिकता प्रदान गर्नु आफूहरूको पनि दायित्व भएकाले विवरण प्राप्त भएपछि घरमै गएर नागरिकता प्रदान गरेरै छाड्ने उनको दाबी छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार यस अभियानले सदरमुकामदेखि टाढा र दुर्गममा रहेका नागरिकहरूलाई विशेष राहत मिल्ने छ । दुर्गममा रहेका यस्ता नागरिकहरूलाई लामो दुरीको बाटो लैजान पनि समस्या हुने र गाडी नै रिजर्भ गरेर जानुपर्ने अवस्था हुने हुँदा यस अभियानबाट समय र पैसा दुवैको बचत हुनुका साथै यस्ता नागरिकहरूले सहज र सरल रूपमा नागरिकता प्राप्त हुने उनको भनाइ छ ।

यस अभियानमा स्थानीय तहको वडा कार्यालयसम्मकै र सरोकारवालाको साथ र सहयोग आवश्यक भएकाले अभियान सफल बनाउनका लागि सबैले सहयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?