Butwal Today

बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

काठमान्डौँ ।

बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै चक्रवाती आँधीमा परिणत हुन सक्ने जनाएको छ ।

विभागका अनुसार उक्त मौसमी प्रणाली सोमबार साँझसम्म मध्य बंगालको खाडीमा चक्रवाती आँधीको रूप लिन सक्ने सम्भावना छ ।

मौसम विभागका अनुसार शुक्रबार बिहान साढे ५ बजे दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र बनेको थियो । शुक्रबार बिहान साढे ८ बजेसम्म पनि उक्त प्रणाली सोही क्षेत्रमा सक्रिय रहेको थियो ।

यो प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ । आज (शनिबार) सम्म गहिरो न्यून चापीय क्षेत्र (डीप डिप्रेसन) मा परिणत हुन सक्ने र आइतबार बिहानसम्म थप विकसित भएर डिप्रेसनको रूप लिन सक्ने विभागको पूर्वानुमान छ ।

त्यसपछि सोमबार साँझसम्म मध्य बंगालको खाडीमा चक्रवाती आँधीमा परिणत हुन सक्ने आईएमडीले जनाएको छ ।

मौसम विभागका अनुसार मध्य अण्डमान सागर तथा आसपासको अण्डमान–निकोबार द्वीपसमूहमाथि विकसित वायुमण्डलीय प्रणालीका कारण बंगालको खाडीमा यस्तो मौसमी गतिविधि देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?