Butwal Today

चन्द्रौटामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

१८ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

चन्द्रौटा  ।

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शिवराज नगरपालिका-५ चन्द्रौटास्थित खसी बजारमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक राजन ढकालका अनुसार पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ७ प २४४६ नम्बरको २२० सीसी पल्सर मोटरसाइकलले पैदल यात्री स्थानीय ७० वर्षीय टिका पौडेललाई ठक्कर दिएको हो । बुधवार बिहान करिब ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते पौडेललाई तत्काल सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटा लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा बिहान करिब ८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मोटरसाइकल चालक सल्यानको कपुरकोट गाउँपालिका-३ निवासी २२ वर्षीय भुपबहादुर बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?