© 2026
पाल्पा । तानसेनको एक निजी विद्यालयमा कक्षा १० मा अध्यनरत विमला खनाल सयुक्त परिवारमा जन्मिएको भएपनि परिवारका सबै सदस्य संग भेट हुनका लागि दसै नै पर्खिनु पर्ने उनी बताउछिन् । बुटबलको कालिका मा.विमा कक्षा १२ मा अध्यनरत खेम कुमारी घर्ती पनि संयुक्त परिवारमा हुर्कीएकी हुन् । परिवारको जेष्ठ सदस्य संग भलाकुसारीका लागि उनले पनि दसै नै पर्खिनु पर्ने बताइन् । परिवारका आफन्त जागिरका कारण घर भन्दा टाढा भएका कारण उनीहरु सयुक्त परिवार बाट एकल परिवारमा परिणत भएका कारण परिवारका जेष्ठ सदस्य हजुर बुबा हजुरआमाका लागि भेटन दसै नै पर्र्खीन परेको हो ।
पुर्वखोला गाउपालिका विरकोटका ७६ वर्षिय दलविर श्रेष्ठ भन्दछन् पहिले पहिले सयुक्त परिवार थियो सयुक्त परिवारमा तिन देखि चार पुस्ता सम्म बसे ।पछिल्लो समयमा एउटा पुस्ता घर देखि पेशाको क्रममा बाहिरदा सयुक्त परिवार भत्कियो । सयुक्त परिवार भत्किदा कहिले काही आफनो मन पोलेर सताउने गरेको छ । काखमा राखेर कहिले सुताउने कहिले बोकेर डुलाउने गरेको नाति अध्यनको क्रममा घर बाट टाढा छन् । नातिको संझनाले रात दिन सताउछ तर भेट्ने भनेको दसैको बिदामा मात्र हो बिदामा घर आउदा त घरै उज्यालो भए जस्तो लाग्दछ तर मनमा लागे जति कुरा हुन नपाएको दल बिरको दुखेसो रहेको छ ।
रामपुर नगरको राम तुल्सी मा.वि कक्षा १० का विद्यार्थी विवेक खनाल पनि आफनो हजुर बुबा हजुर आमाको संझनामा तड्पिए पनि भेटनका लागि दसै नै पर्खिन परेको बताउछन् । दसैको बिदामा घर गए पनि उहाहरु संग आत्मिय गफ पनि हुन पाउदैन अब कहिले होला जस्तै लाग्दछ । आत्मिय गफ तथा ज्ञान गुनका कुरा नभएको पनि वर्षै भएको उनी बताउछन् । निस्दी गाउपालिका मित्यालका तास बहादुर कालुङले आठ दशक उमेर पुरा गरेको बताउछन् । छोरा रोजगारीको क्रममा विदेशीए पछि नाति नातिनी पठन पाठनका लागि सदरमुकाम तिर लागेपछि हजुर बुबा र नातिको सम्वन्ध पनि टाढिन पुगेको उनले आफनो अनुभव सुनाए । शहरीया वातावरणमा भिजेका अहिलेका बाल बच्चालाई ग्रामिण परिवेश त्यतीको नमिल्दो रहेछ । हजुर बुबा हजुर आमा संग आत्मिय कुराका बिकल्पमा मोवाइल फोन नै हुदो रहेछ । शहरमा बसेका केटा केटी गाउ घरमा जादैनन् गएपनि मोवाइल फोनका कारण एकल जस्तै भएको उनले आफनो अनुभव सुनाए ।
तानसेनको जनता मा.वि कक्षा १२मा अध्यनरत एक विद्यार्थीले आफनो नाम उल्लेख नगरी दिने गरी भने घरयासी तथा परम्परागत ज्ञान सिपमा आफु पुर्णरुपमा खाली भएकोबताउछन्। व्यवाहारीक ज्ञानकोकमि आफुमा महसुस भएको बताउदै हजुर बुबा संगको बसाई कम भएको कारण व्यवाहारीक शिक्षा विहीन भएको उनी बताउछन्। पुराना पुस्तामा अनुभव , व्यवहारिक ज्ञान र सिपको भण्डार अधिक भए पनि परिवार बिच अन्तर पुस्ताको भेटघाट पातलियो । युवा केटा केटी , बुढा बुढीको अलग अलग संसार निर्माण भयो यसले पुस्ता पुस्ता बिचको आत्मिय सम्बन्ध मात्र होइन ज्ञान अनुभव र संस्कारको पुस्तान्तरण कमजोर बन्दै गएको तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुस्कर राज रेग्मी बताउछन् । बाल बालिकाको पाठ्य पुस्तकमा पाठ्य सामाग्री भए पनि कितावी ज्ञानले मात्र पुग्दैन् । महत्व पुर्ण त अन्तर पुस्ताको सम्वन्ध नै हो । अन्तर पुस्ताको सम्वन्ध तोडिएका कारणले पनि समाज तथा नया पुस्ता कता तर्फ मोडिदै छ भन्ने कुराको अनुभव केवल पुराना पुस्तालाई मात्र छ । अहिलेका बालबालिकामा संस्कार युक्त शिक्षा नै नभएको वगनासकाली गाउपालिकाको पोखराथोकका पुराना पुस्ताका मोहनीलाल गैरेले आफनो अनुभव सुनाए ।
कक्षा १२ मा अध्यनको क्रममा मोवाइलका कारण तनहुको दुलेगौडामा विवाह गरेकी सिता कार्कीले आफनो जिवनमा व्यवाहारिक शिक्षाको कमि त आफु छोरी बाट बुहारी रुपान्तरित भए पछि अनुभव गरेको बताइन् ।विवाह पछिको समय यही सस्कारको शिक्षाको कमिका कारण जोडेको सम्वन्ध तोडिन परेको हो । ।परिवार बाटै संस्कार युक्त शिक्षा दिनु पर्ने उनले आफनो अनुभव सुनाइन् वाल वालिकाको लागि मात्र होइन । सबैका लागि सस्कार युक्त शिक्षा अपरिहार्य हो । अहिलेको पुस्ता रोजगारीको कारमा निकै व्यस्त छन् । आफना बालबालिकाका लागि कस्तो शिक्षाको आवश्यकता छ भन्ने विषयमा कल्पना गर्ने फुर्सद समेत हुदैन् । विद्यालयमा भर्ना गरेपछि आफनो कर्तब्य पुरा भएको भन्ने ठान्ने प्रबृतिका कारणले पनि केही समस्या सृजना भएको पाका पुस्ताको अनुभव रहेको छ ।
वगनासकाली गाउपलिकाको टेकनाथ शर्मा शिक्षा शिक्षणको लामो अनुभव बटुलेको व्यक्ती हुन् । उनी पनि परिवार बालबालिकाको पहिलो पाठ्शाला भएको अनुभव सुनाउछन् । परिवारका जेष्ठ सदस्य भनिने हजुर बुबा हजुर आमाको काख बाट बालबालिकाले परम्परागत ज्ञान , संस्कार र विवेकको शिक्षा लिने परिपाटी बाट बन्चित भएको बताउछन् । परिवारको कारण हाम्रो संस्कार युक्त शिक्षाको बिकास हुने हो तर पछिल्लो समयमा परिवार नै खण्डकृत भएपछि संस्कार युक्त शिक्षा हराउन पुगेको पाका पुस्ताको अनुभव रहेको छ ।