Butwal Today

कतारमा नेपाली महिला भलिबल टोली सेमिफाइनलमा प्रवेश

३० श्रावण २०८३, शनिबार
अ+
अ-

दोहा (कतार ) । कतारमा सञ्चालित सामुदायिक स्तरीय मैत्रीपूर्ण महिला भलिबल प्रतियोगितामा नेपाली टोलीले आफ्नो प्रभावशाली यात्रा जारी राख्दै सेमिफाइनलमा स्थान बनाएको छ।

​शुक्रवार भएको क्वार्टरफाइनल खेलमा नेपालले फिलिपिन्स ‘सी’ लाई सोझो सेटमा पराजित गर्‍यो। एकपक्षीय बनेको खेल नेपालले २५–४ र २५–१४ को सहज अन्तरले आफ्नो पक्षमा पार्यो। यसअघि नेपालले ट्युनिसिया र कतार फाउन्डेसनलाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो।

​कोशेली मगरको कप्तानीमा मैदान उत्रिएको नेपाली टोलीलाई हौसला दिन खेलस्थलमा उल्लेख्य सङ्ख्यामा नेपाली समर्थकहरूको उपस्थिति रहेको थियो। ‘नेपाल,नेपाल’ को नारासहित समर्थकहरूले टोलीको उत्साह बढाएका थिए।

​नेपाली टोलीको लगातारको जितपछि एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले टोली उपाधिनजिक पुगेको भन्दै यसपटक कप नेपालले नै जित्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रतिक्रिया दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?