Butwal Today

मालारानीको ४ र ५ मा खसी बोका उत्पादन र बिक्रीमा अनुदान वितरण 

२५ श्रावण २०८३, सोमबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको वडा नम्बर ४ र ५ मा खसी बोका उत्पादन गरेर बिक्री कृषकलाई  अनुदान प्रदान गरेको छ। खसी बोका उत्पादन गरी बजारमा बिक्री गर्ने किसानलाई प्रतिकिलो २० रुपैयाँका दरले अनुदान वितरण गरिएपछि स्थानीय कृषकहरू खुसी  भएका छन्।

मालारानी गाउँपालिकामा सञ्चालित कृषि तथा पशुपालन उद्यमशीलता परियोजनाको आर्थिक सहयोग  र जनकल्याण साना किसान कृषि सहकारी संस्थाको लिमिटेडको सहजीकरणमा मालारानी ४ खन र ५ बागीका बाख्रापालक कृषकलाई  अनुदान वितरण गरिएको हो। खनमा भएको  कार्यक्रममा बागी र खनका १३ जना कृषकलाई अनुदानसहित सम्मान गरिएको परियोजनाका लेखा अधिकृत अर्जुन खनालले बताएका छन् ।

मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादन र बिक्रीमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिएको बताए। कृषि तथा पशुपालनलाई स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्न गाउँपालिकाले किसानमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ।

मालारानी गाउँपालिकाका कार्यपालिका सदस्य लिला बिकले  किसानलाई उत्पादनमा आकर्षित गर्न र पशुपालन व्यवसायलाई थप व्यवस्थित बनाउन उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । किसानले उत्पादन गरेका खसी बोकाको बिक्रीसँग जोडेर अनुदान उपलब्ध गराउँदा पशुपालनमा लागेका कृषकको मनोबल बढ्ने उनको भनाइ छ ।

कार्यक्रममा मालारानी गाउँपालिकाका कृषि शाखा प्रमुख विमल केसी, फुलबारी साना किसान तथा कृषि सहकारीका अध्यक्ष निर्मला मिश्र लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम जनकल्याण साना किसान कृषि सहकारी सस्था का उपाध्यक्ष सुमित्रा बिकको अध्यक्षता, कल्पना भुसालको स्वागत मन्तव्य र  व्यवस्थापक राधा खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?